नया स्वादको तीज गीत ” तीज को बेलामा बुढाबुढी मेलामा ” बजारमा आउने तयारीमा((भिडियो सहित )

इनेप्लिज २०७५ असार २८ गते ०:४० मा प्रकाशित

नेपाली सङ्गीत बजारमा नया स्वादको तीज गीत बजारमा आउने तयारीमा छ । सन्देश मुलक कथा वस्तु भएको तीजगीतमा नेपाली संस्कृति उठान रहेको छ । कोरस लोकदोहरी रिमेक गर्दै आएका संगीतकर्मी लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको उक्त गीतमा पनि उनले आफ्नो निरन्तरतालाई कायम गरेका छन् ।

नेपाली संगीत बजारका नायक राहुल केसीको कम ब्याकले गीतलाई अझ रोचक र सबैको चासो बढाएको छ । किसान जस्तो हिट मुभिमा आफ्नो कला प्रस्तुत गरि सकेका केसी दर्जनौ अरु चलचित्र र म्युजिक भिडियो छन् ।

बिगतमा काली गण्डकी सिने म्याक्स कम्पनि संचालन गरेर समग्र नेपाली फिलिम इन्डसट्रिलाई सेवा गरि रहेका केसी अहिले स-परिवार अमेरिका बस्दै आएका छन् ।

प्रिती आलेको स्वर तथा अभिनय रहेको तीजगीत नया र रोचक रहेको उनले बताइन । आफुले गाएको गीतमा सबै भन्दा आशा लागेको तीजगीत नै यहि रहेको उनले बताइन । आफ्नो उत्साहित पारामा उनले गित बजार तताउने कुरा व्यक्त गरिन ।

सिमरन म्युजिक का संचालक लक्ष्मण नेपालीको अभिनय साथमा रेकर्डिस्ट/एरेन्जर तथा गायक अमृत ल्वागुन को र्यापले सबैलाई आकर्षण बनाएको छ  ।

सिमरन म्युजिक एण्ड मुक्तिको बजार व्यवस्थापन तथा सोहि गीत को युट्युब च्यानल पनि सिमरन ले नै गर्ने भएको छ । तिजको बेलामा बुढा बुढी मेलामा गीतको सबै टिमलाई हाम्रो अग्रिम शुभकामना ।

प्रतिक्रिया