बिहे भएको केही दिनमै सम्बन्ध विच्छेद गर्दै अमेरिका र अष्ट्रेलिया जाने बृहत ढाचा (ग्रान्ड डिजाइन ) किन बन्छ ?

इनेप्लिज २०७५ असार २८ गते १:४८ मा प्रकाशित

विजय थापा ,अमेरिकामा नेपाली समुदायमा सम्बन्ध विच्छेद भन्दा नेपालमा अझ उभो लाग्दो अवस्थामा देखिदैछ । बिबाह भएको ७ दिनमा ,१५ दिनमा ,१ महिनामा ,३ महिनामा र ६ महिना भित्र सम्बन्ध बिच्छेद गर्ने कुराको कलहको बिऊ घर बाट सुरु हुन्छ । बिस्तारै त्यो फैलिदै अन्त्यमा सम्बन्ध बिच्छेद गराई पाऊ भनि निवेदन हाल्ने अदालतको आकडाले देखाउदछ ।

यस्ता अवस्था बाट छुट्टिएका महिला र पुरुष दुवै अधिकाश अमेरिका र अष्ट्रेलिया आउने देखिन्छ । यो पंक्तिकारले पनि यस्तो प्रक्रिया गरेर अमेरिका आएका परिवारलाई चिन्दछ । नेपालमा यस्ता घटना दिनहु बढ्दो छ । कुनै टोल र छरछिमेक यस बाट अज्ञान रहेका छैनन् । नेपालमा पुरुष या महिला बाट अनेक आरोप र प्रत्यारोप लगाएर पिछा छोडाउने र मोटो रकमको लेनदेन हुन्छ ।

पुरुषले सम्बन्ध बिच्छेद भन्दा महिलाले निबेदन दिदा छिटो सुनुवाई हुने हुन्छ । अमेरिकामा पनि त्यस्तै हुन्छ । महिलामा बढ्दो आर्थिक आत्मनिर्भरता र स्वतन्त्र हुने कारण पारिवारिक पद्धति धमाधम टुक्री रहेका छन् ।

पति पत्नी बीच आत्मसन्तुष्टि नहुनु, केहि समयको कालखण्ड पछि लोग्ने कुनै परस्त्रीसँग सम्बन्ध राख्न उद्दत हुनु, पत्नी पनि कुनै परपुरुषसँग सम्बन्ध बढाउन चाहना राख्ने को कारण भै रहेको सुन्दर परिवारमा समस्याहरु आई पर्दछन ।

नेपालमा होस् या अमेरिकामा खराव नियत या खुरापाती दिमागको कारण प्रचलन बढ्दो छ । कुरा मिलेन भन्दा पनि नियतबस र अंश ,मानापाथी भराई पाउ तथा असुली गर्ने नियतमा परिणत हुन् सक्ने सम्भावना देखिदै आएको छ । पूर्व नियोजित ढंग बाट पनि गरिन्छ । मुद्राको खेल भएको कारण यस्तो नियतिमा वृद्धि भएको छ ।

केहि समय अगाडी नेपालको राष्ट्रिय दैनिक नेपाल समाचारपत्रसँग काठमाडौं जिल्ला अदालतका प्रवक्ताले सम्बन्ध विच्छेद सम्बन्धमा दैनिक पाँचदेखि आठवटा मुद्दा दर्ता हुने गरेको समाचार आयो । अधिकांश १९ देखि २५ वर्ष उमेर समूहका केटाकेटी सम्बन्ध विच्छेद गर्न अदालत धाउने गरेका छन्, यो क्रम बढ्दो छ।’ भनेको पाइयो ।

विदेश जान को लागि बिहेको कागजपत्र बनाएर केही समयपछि सम्बन्ध विच्छेद गर्नेहरू पनि प्रवक्ताले बताएका थिए । काठमाडौं जिल्लामा गत वर्ष २ हजार ३ सय ९२ वटा यस्ता मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ६ सय ८३ वटा दर्ता भएको छ।

विशेष गरी १८ देखि ३० वर्ष उमेर समूहका युवा–युवती सम्बन्ध विच्छेदका लागि आउने गरेका छन्। यस्ता मुद्दा महिनामा १ सय ५० देखि २ सय वटासम्म पर्ने गरेको देखिएको छ।

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार, गएका १ बर्षमात्रै १२ हजार ४३७ सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ९ हजार ७ वटा फैसला भएका छन् । जुन मुद्दामा सम्बन्ध बिच्छेद नै गरिहाल्नुपर्ने गम्भिर कारण देखिंदैन भनि समाचार पत्रले लेखेको छ ।

स्थानीय स्वायत्त शासन ऐनले २ जनाको बेमेल भए सिधै अदालतमा जान सक्ने व्यवस्था गरेको छ। सम्बन्ध विच्छेदका अन्य कारणहरूमा कुटपिट, खान लगाउन नदिनु, कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी, वैदेशिक रोजगार गएका पति वा पत्नी बीच बढ्दो अनमेल, महिलाहरू उच्च शिक्षा हासिल गर्न विदेश जानु र सम्पत्ति प्राप्तिमा लोभ हुनु रहेका छन् भनि समाचार प्रकाशित गरेको थियो ।

विल रगर्सले भनेका छन् जब सम्म हामी अरुको अधिकारको सम्मान गर्न जान्दैनौ तव सम्म हामीले साचो सभ्यता प्राप्त गर्न सक्दैनौ l सामाजिक विकासको साथ साथै मानवीय ईक्षा बढ्दै जान्छ l र ,यसको असर हाम्रो पारिवारिक सम्बन्धमा पर्दछ l

र ,सायद यसैले होला अमेरिकन सभ्यता र जीवन शैलीमा जीवन ढाल्दै अघि बढी रहेको नेपाली समुदायका परिवारमा सम्बन्ध विच्छेद सुस्त गतिमा वृद्धि हुदै जादैछ l

हाम्रो धार्मिक तथा सामाजिक संस्कारले महिला तथा पुरुषमा ठुलो फराकिलो भएको मानिन्छ ,महिलालाई पुरुषको चाहना अनुसार प्रयोगमा ल्याईएको वस्तु सरह पनि ठान्ने गरिन्छ l सामाजिक ,धार्मिक ,राजनैतिक ,कानुन ,संस्कार तथा परम्पराले गर्दा महिलालाई मानसिक रुपमा पनि कमजोर बनाईएको छ l

कतिपय महिलाले पश्चिमी समाजको रहनसहन र देखासिकी गरेर सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता गर्ने गर्दछन् । पत्नीले पति संग अंश लिनका लागि पनि सम्बन्ध विच्छेद गर्ने गरेको प्रवृत्ति बढेको देखिन्छ ।

अमेरिकामा एक आँकडा अनुसार अमेरिकामा पचास प्रतिसत वैवाहिक सम्बन्ध पार पाचुकेमा परिणत भएको देखिएको छ l यसको असर अमेरिकामा बसोबास गर्ने अप्रवासी हरेक समुदायलाई गाजेको छ l अमेरिकामा नेपालीहरुको आगमनको वृद्धि संगै अमेरिकाका बिभिन्न राज्यहरुमा विवाह-विच्छेद घटना सुनिन्छन ।

एक अध्ययन अनुसार आनुवंशिक , आयश्रोत तथा शिक्षाका कारण विवाह-विच्छेद हुने ज्यादा जोखिम हुने हुन्छ l एक आंकडा अनुसार जति परिपक्व भएर बिबाह गर्ने जोडीको विवाह सम्बन्ध लामो समय सम्म टिकेको देखिएको छ l

हाल औसदमा अमेरिकामा पुरुष २७ बर्ष र महिला २६ बर्षमा बिबाह गर्ने भएकोले बैबाहिक सम्बन्ध सुमुधुर रहेको र विवाह-विच्छेदमा ह्रास हुदै गएको देखिएको छ l

तर पचासको दशक देखि अस्सिको दशकमा पुरुषले २३ र महिलाले २० बर्षको उमेर औसतमा विवाह गर्ने भएकोले कच्चा उमेरको कारण पार पाचुके अधिकतम रहेको थियो l

कोहेन्सको पुस्तक अनुसार पारिवारिक बिबिधता , असमानता ,सामाजिक तत्व तथा सामाजिक परिवर्तनको कारण विवाह विच्छेदको कारण बताएको छ l

जो व्यक्ति कम शिक्षा हासिल गरि बैवाहिक सम्बन्धमा बाधिन्छ उसको सबै भन्दा छिटो सम्बन्ध चिसिने र पृथक हुने हुन्छ भन्दै महा बिद्यालयमा नपुग्ने युवा युवतीमा विवाह-विच्छेद ज्यादै हुने गरेको देखाएको छ l चौतर्फी अमेरिकन रहन सहन ,सभ्यता ,आचरण ,ब्यबहार आदिले नेपाली समुदायका बालबालिकाहरु पनि यसको नकारात्मक प्रभाव पर्न देखिन थालेको छ l

अमेरिकामा एक आपसमा समझदारी नहुदा अमेरिकामा छौ भन्ने अहमताको कारण घर भाडिन्छ र भाडिएको छ l नेपाली पुरुषहरु नेपालको जस्तै एकात्मक पितृ सत्तात्मक सोच र चिन्तनको कारण परिवारमा झगडा र विवाद भै छोड्ने परिस्थितिमा पुगेको कैयौ परिवार छन् l

नेपालबाट एकल रुपमा पुरुष अमेरिका पसे भने उता नेपालमा परिवार बिर्सेर यतै घरजम गरेको देखिएको छ भने महिलाहरु पनि उता परिवार भएता पनि यतै घर जम गरेका पनि छन् l अमेरिकामा अबिबाहित या बिबाहित पुरुष या महिलाहरु केटा साथी या केटि साथी बनाउने देखासिकी या प्रचलनको कारण पारिवारिक विवादमा मुसिन्छ्न र छोड पत्र गरेको देखिएको छ l

पुरुष तथा महिला दुबैले एक आपसमा आशंका गर्दा विवाह सम्बन्ध टुटेको देखिएको छ । नेपालमा महिलालाई ज्यादा हेप्ने प्रवृतिको कारण नेपालमा सुमधुर सम्बन्ध रहे पनि अमेरिकामा आएर सम्बन्ध फुटेको छ l ज्यादा स्वतन्त्रता खोज्नेको नाममा आपसी मेल मिलाप नहुदा विवाह-विच्छेद हुने भएको पनि देखिएको छ l

एक आपसमा शंका तथा उपशंखा गर्ने , बैबाहिक जीवनमा अभिभावकबाट हस्तक्षेप हुनाले ,श्रीमानले श्रीमतीलाई अमेरिका ल्याई दिएको धाक लगाएको कारण ,श्रीमतीको कमाई पुरै लोग्नेको हस्तक्षेप हुदा ,सर सल्लाह नमानेको कारण पनि सम्बन्ध बिच्छेद हुने आँकडाले देखाउदछ l

अमेरिकामा रहेर वैवाहिक जीवनमा बाधिएका पति पत्नी बीच समझदारीको ठुलो खाचो हुन्छ l भर रात काम गर्नु पर्ने बाध्यता भएकोले पतिले पत्नी संग आशंका या पत्नीले पति प्रति आशंका कदापी गर्नु हुन्न l हाम्रो संस्कृति ,धर्म र परम्पराले सात फेरा लिएर बैबाहिक गाठोमा बाधिएको हाम्रो पवित्र गाठो कहिले टुट्नु हुदैन l

र ,लोग्ने स्वास्नीको झगडा परालको आगो भने झैँ यस्ता कुरामा हाम्रो ध्यान भन्दा आफ्नो जीवन कसरि सफल बनाउन सकिन्छ त्यस तर्फ दुवैले सोच्नु पर्ने हुन्छ l र ,कसरि समाजमा दिर्घ कालिन अवधि सम्म जोडी भएर बसोबास गरेका छन् भनि उदाहरण प्रस्तुत गर्न जान्नु पर्छ l

त्यो तर्फ पुरुष तथा महिला दुबैले ध्यान पुर्याउन पर्दछ l सबै भन्दा ठुलो चुरो भनेको एकले अर्का लाई माया ,सद्भाव र ईज्जत गर्न जान्नु पर्छ l हामी बिदेशी माटोमा छौ l झन् सुमधुर सम्बन्ध बनाउनको साटो टुटाउन खोज्यौ भने अर्काले भन्ने बाटो पाउने हुनाले यस तर्फ सजक रहे पति पत्नीको सम्बन्ध युग युगौ सम्म चल्ने हुन्छ l

विवाह-विच्छेद अनेक कारण बाट हुने गर्छ l विवाह-विच्छेदले कसैलाई फाईदा गर्दैन र अन्तिम अवस्था सम्म टुटाउन दिनु हुन् l अमेरिकामा पुरुष वर्गले भन्दा ज्यादा महिलाले ज्यादा विवाह-विच्छेद गर्न चाहेको र दर्ता गरेको आंकडाले देखाएको छ l

हामी नेपालीलाई घरबार बिगार्ने हावा नलागोस l र ,अर्काको सिकोको नक्कल गर्न कहिले मन नलागोस l संगै मर्ने र जिउने कसम खाएकोले लामो जिन्दगि यस्तो परिस्थिति कहिले सिर्जना नहोस् l

प्रतिक्रिया