पहिराेले टहरो भत्किदा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु

इनेप्लिज २०७५ असार २८ गते ११:४८ मा प्रकाशित

भक्तपुर, २८ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले टहरो पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको भक्तपुरले जनाएको छ ।

भूकम्पपीडित लामा परिवार बस्दै आएको अस्थायी टहरो भत्किदा उनीहरु च्यापिएका हुन् ।

प्रतिक्रिया