शनिबार, असोज ६ २०७५ | Sat, September 22, 2018
नेपालको समय: ००:१९ | Washington DC: 14:34

प्रधानमन्त्रीद्वारा नेकपाका नेता मो.आलमलाई श्रद्धाञ्जलि

काठमाडौं, ३० असार । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले दिवंगत नेता मो.मस्ताक आलमलाई अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा शनिबार बिहान पार्टीको झण्डो ओढाएर ओलीले मो.आलमप्रति श्रद्धाञ्जलि दिएका हुन् । मो.आलमको शुक्रबार काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।

मो.आलमलाई नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल, नेता बामदेव गौतमसहितका नेता कार्यकर्ताहरूले पनि श्रद्धाञ्जलि दिएका थिए ।

२०७५ असार ३० गते ५:५१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी