गायक ब्रविन शेर्मा बेलायतमा

इनेप्लिज २०७५ असार ३२ गते १०:३४ मा प्रकाशित

सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत

गत १४ जुलाई २०१८ को किराँत याक्थुङ चुम्लुङ यूकेको सम्योजनमा पहिलो पटक गायक ब्रविन शेर्मा बेलायत आएको छ ।

गायक ब्रविन सो दिन एयरपोर्ट अवतरण पश्चात वर्तमान चुम्लुङ अध्यक्ष दिलसिङ्ग मेन्याङ्बोले चुम्लुङको बार्षिक भेला फेल्थाममा सोझै अतिथिको रुपमा उपस्थित गराएका थिए । सो कार्यक्रममा गायकले केहि लीम्बु र केहि नेपाली गीतहरु गाएर भरपुर मनोरञ्जन पनि दिलाए ।

गत महिना चुम्लुङ यूकेले ३ सय ३० हजार पाउण्ड (करिब चार करोड ७० लाख नेपाली) मा चुम्लुङ्देन जग्गा बेलायतको लण्डन छेउ याल्डिङ् भन्ने ठाँउमा खरिद गरि सकेको छ । सो खरिदको लागी एक सेयर ३७५ पाउण्ड राखेको थियो सोहि अनुरुप पिपिसी ग्रुप र चुम्लुङ केन्द्रिय अध्यक्षको सल्लाह र निर्देशनमा सो चाहिने रकम सङ्कलन गर्न सफल भएको हो ।

चुम्लुङ्लाई चाहिने अति आवस्यक जग्गा किनिएको तर अब अन्य आवस्यक पुर्बधारहरु गर्न बाँकि रहेकोले आर्थिक सङ्कलनको लागी साङ्गेतिक कार्यक्रम गरेर केहि रकम सङ्कलन गर्नको लागी गायक ब्रविन शेर्मालाई चुम्लुङ्ले बेलायत ल्याएको हो ।
गायक ब्रविनको बेलायत बसाई १ महिनाको हुने छ, सो १ महिनामा बेलायतका धेरै ठाउहरुमा एकल साङ्गेतिक प्रस्तुतीहरु दिनेछन, यस्का लागी अध्यक्ष मेन्याङबोले समय र स्थानहरु छिट्टैनै सार्बजनिक गर्ने बताए ।

प्रतिक्रिया