कविता नेपालीले गरिन् प्रियंका कार्कीको खतरा क्यारिकेचर, प्रगतिले अन्य जजको खोलिन् राज

इनेप्लिज २०७५ असार ३२ गते १०:५५ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। नेपालमा अन्तर्राष्ट्रिय रियालिटी शोकका फ़्रेञ्चाइज शोहरु संचालन भइरहेका छन्, जसले नेपालका प्रतिभावान व्यक्तिहरुलाई राम्रो प्लाटफर्म मिल्न थालेको छ । नेपाल आइडल संचालन गरेको एपवानले नृत्य तर्फ बुगी वुगी नामक रियालिटी शो संचालन गरिरहेको छ ।

बुगी वुगीमा थुप्रैले आफ्नो प्रतिभा देखाउने सुअवसर पाएका छन्। अहिले सम्म कै चर्चित रियालिटी शोमा थुप्रैले सहभागिता जनाएका थिए। अहिले यस शो मा टप फाइभ सम्म पर्न सफल कविता नेपाली र प्रगति पुन पनि हुन्।

कविता नेपाली र प्रगति पुन दुवैले दर्शकको मन जित्दै उत्कृष्ट पाचमा आउन सफल भएका छन् । उनीहरु आफ्नो मेहनतले मात्र नभई दर्शक, आफन्त, साथी तथा सम्पूर्ण शुभचिन्तकको साथ र मायाले गर्दा यहाँसम्ममा आइपुगेको बताउँछन् ।

प्रगति पुनको घर तनहुँ हो। अहिले उनी २१ वर्षकी भईन्। उनी भन्छिन् , ‘कक्षा ११ पढ्दै थिएँ, अहिले ग्याप गरेकी छु। ‘बुगी वुगी’मा भाग लिनलाई नै म काठमाडौँ आएकी हुँ। हाम्रो ‘क्रिस्टल क्लज’ भन्ने डान्स क्रिउ थियो। पाँच जनाको समूहमा म एक जना मात्र केटी थिएँ। समूहमार्फत हामीले चार/पाँच वटा कभर भिडियो बनाएका छौँ। मैले अहिलेसम्म डान्स खासै सिकेकी छैन। ‘बुगी वुगी’को प्लेटफर्मले मेरो नृत्य करिअरलाई माथि पुर्‍याउने आशा गरेकी छु।’

कविता नेपालीको घर सर्लाही हो। उनी एक्ली छोरी हुन्। उनको बुबा आमा ज्याला मजदुरी गर्छन्। उनको बाल्यकाल अवस्थाको हुँदा पनि उनका बुबाआमाले ज्यालामजदुरी गरेर हुर्काएका हुन्। उनी सानै देखि नृत्यमा रुचि राख्थिन्। उनको खुट्टामा समस्या भए पनि उनले नाच्न भने छोडिनन्। निरन्तर नाचमा संघर्षरत रहेर उनले आफ्नो नृत्य यात्रा अघि बढाईन्।

प्रतिक्रिया