नेपास ट्रावल टुर्सले अमेरिकन पर्यटकलाई लोभ्याउने सगरमाथा आधार शिबिर यात्रा कार्यक्रम यसरी निकाल्यो

इनेप्लिज २०७५ साउन १ गते ०:०० मा प्रकाशित

विजय थापा ,अमेरिकाको टेक्सस राज्यको ड्यालसमा रहेको नेपास ट्राबल टुर्सले अमेरिकन पर्यटकलाई लोभ्याउने सगरमाथा आधार शिबिर तथा अन्नपूर्ण यात्रा कार्यक्रम निकालेको छ ।

अन्नपूर्ण पानोरोमा यात्रा को लागि ६ दिन ,अन्नपूर्ण आधार शिबिर सम्म को लागि १२ दिन ,१ हप्ते सगरमाथा तल तथा सगरमाथा आधार शिबिर को लागि १२ दिने एक यात्रा कार्यक्रम बनाएको छ ।

टेक्सस राज्यमा स्थापित उक्त यात्रा अभिकर्ता अर्थात् ट्राबल टुर्स ब्यबसायले अमेरिकन पर्यटनहरुलाई बिशेष प्रकाश पर्दै यस्तो कार्यक्रम सार्बजनिक गरेको छ । साथै काठमाडौँ पुगे पछि कहाँ जाने ,कसरि जाने ,कति दिन हिड्ने ,खानपिनको व्यवस्था कसले गर्ने र कसरी कहा सम्म पर्यटकलाई पुर्याउने जस्ता कुरा सबैमा उल्लेख गरेको छ ।

मे देखि नोवेम्बर सम्म अन्नपूर्ण पानोरोमा ,अप्रिल देखि नोवेम्बर सम्म अन्नपूर्ण आधार शिबिर ,मे देखि अक्टोबर सम्म सगरमाथा मुनि सम्म तथा सगरमाथा आधार शिबिर को लागि मत देखि अक्टोबर सम्म समय तोकेको छ ।

यसको साथै आकस्मिक खाली गर्नु पर्ने अवस्था आई लागेमा ,दिवा भोजन र रात्री भोजन ,आन्तरिक उडान , व्यक्तिगत लुगाफाटा तथा उपकरण निजिगत पानी ,अन्य चिज तथा नदेखिने खर्च भने उक्त यात्रा कार्यक्रममा लागु नहुने समेत नेपास ट्रावल टुर्सका संचालक सविन्द्र थापाले बताएका छन् । तथापी अन्य कतिपय यात्रा कार्यक्रममा दिवा भोजन र रात्री भोजनको व्यवस्था समेत गर्ने उल्लख गरेको छ ।

साथै उक्त कार्यक्रममा कहाँ बाट सुरु गर्ने कहाँ पहिलो दिन बस्ने ,दोश्रो दिन।,तेश्रो दिन अन्तिम दिन कहा पुग्ने सहित सबै जनाएको छ । हवाई टिकट को साथै नेपालमा पर्यटन प्रबर्धन गर्ने र पर्यटक भित्र्याउने समेत लक्ष्य रहेको नेपास ट्राबलटुर्सले नेपाल ,अस्ट्रेलिया तथा अमेरिका बाट आफ्नो ब्यबसाय संचालनमा ल्याएको समेत संचालक सबिन्द्र थापा ले जानकारी गराएका थिए ।

थापाले ट्राबलटुर्स को व्यवसाय संगै अन्य व्यवसाय पनि हात हालेका छन् । यसको साथै थापा सामाजिक सेवामा संलग्न रहेका छन् ।

बिस्तृत जानकारीको लागी यहाँ थिच्नु होला

http://nepastraveltours.com/

 

प्रतिक्रिया