सानको दोश्रो सम्मेलनमा बारे श्रव्य दृश्य (भिडियो) एक पटक हेरौ र कुरा जानौ

इनेप्लिज २०७५ साउन १ गते ०:४० मा प्रकाशित

विजय थापा,वाशिंगटन डिसी जुलाई १६ ,सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) को दोश्रो सम्मेलन डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ । आगामी जुलाई २० देखि २२ सम्म चल्ने उक्त सम्मेलनमा रक्तदान साथै निशुल्क स्वास्थ्य परीक्षण समेत गरिने भएको छ ।

भर्जिनियाको मनासस शहरको बेस्ट वेस्टर्न होटलमा कार्यक्रम हुने छ भने जुलाई २० तारिख शुक्रबार साँझ अन्य राज्यहरुबाट आएका नर्स (स्वास्थ्य परिचारिका ) ,अतिथिलाई स्वागत गर्दै मनोरन्जनात्मक कार्यक्रम गरिने छ ।

मूलत कार्यक्रमको मुख्य उद्देस्य स्वास्थ्य सेवामा संलग्न भएका स्वास्थ्य परिचारिका तथा चिकित्सा पेशासंग सम्बन्धित व्यक्तिहरु बीच संजाल वृद्धि गर्ने र सेवा प्रदान गर्ने जस्ता सवालमा विकास गर्ने रहेको छ ।

अर्को मुख्य उद्धेश्य भनेको स्वास्थ्य परीक्षण सम्बन्धि सचेतना वृद्धि गर्ने र समुदाय सदस्यलाई उत्प्रेरणा गर्दै समुदायका हरेक व्यक्तिलाई सकारात्मक परिवर्तन ल्याउने समेत सानले जनाएको छ ।

ईनेप्लिजको आफ्नै ( Mero Desh Nepal )बाट प्रत्यक्ष प्रसारण: सोसाईटी अफ अमेरिकन नेप्लिज नर्सेस ( SAAN ) को डिसीमा हुने रास्ट्रिय दोस्रो सम्मेलन तयारी सम्बन्धी बिशेष कुराहरु निःशुल्क स्वास्थ्य सेवा , दन्त्य सेवा लगायत नेपाली समुदायमा दिने बारे को प्रत्यक्ष प्रसारण : विजय थापा

Posted by Bijay Thapa on Sunday, July 15, 2018

कार्यक्रम जुलाई २१ तारिख शनिबार ९:३० बाट सुरु हुने छ भने सम्मेलनको उद्घाटन राजदुत डा अर्जुन कुमार कार्की ( बिध्या वारिधि )ले गर्नु हुने भएको छ । औपचारिक कार्यक्रम पछि संस्थाको आफ्नै बैठक तथा प्रस्तुति रहने छन । साथै साँझ ७ बजे पछि स्वास्थ्य सम्बन्धि अर्थ जुटाउनको लागि साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

यसै गरि अन्तिम आइतबार जुलाई २२ तारिखको दिन निशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरिने छ । साथै संस्थाले स्मारिका समेत प्रकाशित गर्ने भएको छ ।

प्रतिक्रिया