अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरिया बाट उद्दार( ५० लाख खर्च )

इनेप्लिज २०७५ साउन १ गते १०:३९ मा प्रकाशित

बिबिन्द्र र जगन ( हाप पैन्टमा) र साथमा एनआरएनएका रोहित भाङ्गर , रुद्र दर्लामी मगर र हिक्मत थापा ।

लेगोस , नाइजेरिया ,नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन।

उनिहरु सङ्ग नेपाली दलाल जेशन श्रीस ( बाग्लुङ्ग /पोखरा )लगाएतले जनही ३५ लाख रुपैया नेपालमै लिएको र पछि बिच बिचमा खान र अरु खर्च गरि ५० लाख खर्च भएकोे बताएको छन । गैर आबासिय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनिहरु आज काठमाडौ फर्केका हुन ।

उनिहरुको पासपोर्ट समेत दलालले उनिहरुलाई दिएको थिएन । इजिप्ट स्थित नेपाल दुतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो । गैर आबासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र त्यसमध्ये १२ जना लाई अमेरिका लान ब्राजिल उडाएको , १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनिहरु सम्पर्कमा आउन नचाहेका छन वा दलालले आउन दिई राखेका छैनन । गत महिना समेत थापाको संयोजनमा टोगो बाट यहि समुहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो ।

थापाले उनिहरुको फिर्ताका लागि पहल गर्ने इजिप्ट स्थित नेपाल दुतावस , एनआरएनए नाइजेरिया परिवार , आइसिसि सदस्य चिरञ्जीवी रोका , एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर , सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन ।

बिबिन्द्र र जगन समेत गत मे महिनामा मात्र एनआरएनए को सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए ।

 

प्रतिक्रिया