अधुरो सपना : बिपनले गीत तयार गरे तर रेकर्ड गर्ने पैसा तयार गर्न सकेनन् (भिडियो सहित)

इनेप्लिज २०७५ साउन १ गते २१:४५ मा प्रकाशित
ईटहरी/ पहरा थर्काउने कला हुदा पनि बिबिध कारणले थन्किएर बसेका नव प्रतिभाहरुले पछिल्लो समय चर्चा परिचर्चा कमाउन थालेका छन् । डिजिटल युगमा युट्युबको यो सोच्दै नसोचेको नया छलाङ्गले नव प्रतिभाको लागि राम्रो प्लेटफर्म बनेको छ । यस्तै मौकामा अर्को एक नव प्रतिभाले पनि आफ्नो प्रतिभा प्रष्फुटन गर्ने मौका पाएका छन् । हेर्नुस उनको प्रतिभा प्रष्फुटन सहितको भिडियो अन्तरबार्ता ।
खोटाङ्गमा जन्म भएका यी नव प्रतिभाको नाम बिपन राइ हो । आर्थिक अवस्था खासै राम्रो नभएका राई हाल कर्म गर्न ईटहरीमा छन् । सानै देखि गीत गाउन रुचि राख्ने राईको पनि सपना गायक बन्ने नै हो तर त्यस्का लागि पर्याप्त पैसा नभएका कारण आफुले यो सपना पुरा गर्न नसकेको बताउछन ।

प्रतिक्रिया