यातायात हाकिम काण्ड पोखरा, शनिबार सरकारी गाडीमा हुईकिने हाकिमको टिसर्ट कसरी च्यातियो ? कपडा परिवर्तन गरेर हाकीम चोखो बन्न खोजे

इनेप्लिज २०७५ साउन २ गते १०:५० मा प्रकाशित

गत असार ३० गते शनिबार पोखराको छोरेपाटनमा एउटा कारले मोटरसाईकललाई ठक्कर दियो । बा २ झ २४३४ नम्बरको उक्त कार सरकारी नम्बर प्लेटको थियो र त्यसमा यातायात कार्यलय गण्डकी लाईसेन्स शाखा प्रमूख तेज नारायण यादव थिए । यादवले चलाएको उक्त गाडीले ग ११ प ११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटना स्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार उनले चलाएको गाडी अनियन्त्रीत थियो र उनले मादक पदार्थ सेवन गरेको प्रत्यक्षदर्शीले बताएका थिए । तर रिपोर्टीमा भने मापसे नेगेटिभ आएको छ ।

प्रतिक्रिया