एउटा अर्को अर्ग्यानीक नेपाली फिल्म भैरै भब्य सफल हुन सक्ने

इनेप्लिज २०७५ साउन ३ गते १:४७ मा प्रकाशित

पुष्कर बराल ,पछिल्लो पुस्तामा नेपाली अर्ग्यानीक गीत संगीत फिल्मको खडेरीनै लागीसकेको अबस्था छ । नेपाली लोकलयका टिपीकल गीत संगीतहरु बजारमा आउने छाडीसकेका जस्ता देखिन्छन् । पश्चिमा संस्कृतिको सिको र कपिले पछिल्लो पुस्तालाई लपक्कै पारेको छ । अहिले लोकप्रियताको नाममा गीत संगीत फिल्म कला साहित्य थेसिस जस्ता अनेक क्षेत्रको वौद्धिक सिर्जनाको चोरी हुने क्रम ह्वात्तै बढेको छ । कसैका सृजना चोरेर रातारात चर्चित हुने अनी मालामाल हुनेहरुले यो हेक्का राख्नु पर्दछकी म कसैको सृजनामा बलात्कार गरीरहेछु । अब भनौ त्यस्ता कलाकारलाई कहिले र कसरी शान्ती मिल्न सक्छ र ? यो प्रश्न तिनिहरुलाई नै !

नेपाली चलचित्रको क्षेत्रमा ४ सुपरहिट चलचित्र दिन सफल निर्देशक श्री एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे यहि सावन ४ गके शुक्रबार देखि देश ब्यापी रुपमा लाग्दैछ । बोहराले फिल्म ‘ठूली’ अग्नी परीक्षा’ का साथै ‘मुटु’र ‘कान्छा’ जस्ता सुपरहिट सिनेमाहरु नेपाली सिने जगतलाई दिई सकेका छन् । उनले यो फिल्म ईतिहासकै भब्य सफल हुन सक्ने बकाएका छन्। फिल्मको प्रचार प्रसार हरु पनि तिब्र पारीएको छ । लाग्छ फिल्म सफल हुन्छ ।

निर्देशक एभरेष्ट सुर्य बोहराको निर्देशनमा बनेको फिल्म भैरेको शिर्ष गीत “सनम माया लाको“ र सान्नानीलाई भेट्न आउदा गीतले पनि युट्टुबमा राम्रै चर्चा बटुली सकेको छ । दुबै गीत नेपाली लोक संस्कृतीको भाकालाई टपक्कै टिपेर गीतमा उनिएका गीतहरु निकै उत्कृष्ट छन। नेपाली लोक संस्कृति, नेपाली टिपीकल बाजाहरु, पन्चेबाजाहरु, नेपाली भाका, नेपाली माटोको आवाज र सुगन्धलाई गीतमा देख्न सकिनेछ ।

काठमाण्डौ, पोखरा र मुस्ताङ्ग लगायत क्षेत्रमा छायांकन भएको फिल्ममा दयाहाङ्ग राई, बुध्दि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा ,बर्षा सिवाकोटी र सुरक्षा पन्त लगायतक कलाकारको भूमिका रहेको फिल्म युनिटले बताएको छ ।एभरेष्ट सुर्य बोहराले फिल्म कस्तो बनेको छ भन्ने प्रश्नमा फिल्मको कथा बढि रोमान्चित रहेको सबैको मन जित्ने आशा ब्यक्त गरे ।

फिल्ममा अनुबन्धित मुख्य पात्र अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथा निकै मन परेका कारण आफुले काम गरेको बताए ।

चलचित्र उध्योगलाई अझ उचाईमा पुर्याउन यो फिल्म बन्नलागेको बरिष्ठ गायक तथा ’भेरै’का सहनिर्माता यम बरालले बताएका छन् । नेपाली फिल्मलाई माया गर्ने दर्शक फेरि एक पल्ट हल सम्म गएर फिल्मलाई हेरीदिन नायक बिक्रान्त बस्नेतले आग्रह गरेका छन ।

नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि. ले निर्माण गर्नलागेको यो फिल्मको निर्माता प्रेम प्रसाद पौडेल र देवि माया अधिकारी हुन् भने लाख बहादुर पुन कार्यकारी निर्माता रहेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन, निर्देशक एभरेष्ट सुर्य बोहराको कथामा पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहनेछ । फिल्ममा गायन तथा संगितमा यम बराल,बसन्त सापकोटा, मेलीना राई तथा अन्जु पन्तको रहेको छ ।

प्रतिक्रिया