सपन श्रेष्ठको सहयोगार्थ बन्यो कभर गीत, जितेमा ५० हजार पुरस्कार र गीत रेकर्ड फ्री (भिडियो सहित)

इनेप्लिज २०७५ साउन ३ गते १०:५२ मा प्रकाशित
ईटहरी/ गायन कला भएको कारण युट्युब मार्फत चर्चामा आएको सपन श्रेष्ठले कभर गीत गाएका छन् । एक कभर गीत प्रतियोगिताको लागि तयार गरिएको उक्त गीतलाई युट्युब मार्फत सार्बजनिक गरिएको छ । आर्थिक अवस्थाले आफ्नो कलालाई बाहिर ल्याउन नसकेका सपनले अहिले सहयोगहरु पाईरहेका छन् । त्यसै अनुरुप यो कभर गीत उनले गाएका हुन् । ‘जुनिजुनिलाई’ बोलको गीतमा राहुल बिस्वास र सन्ध्या जोशीको आवाज रहेको छ, जसलाई सपन एक्लैले गाएका छन् । हेर्नुस गीत यस्तो छ ।
यो प्रतियोगिता उनले जितेको खण्डमा नगद रु ५० हजार र एउटा गीत फ्रीमा रेकर्ड गर्ने सुनौलो मौका पाउने छन् । पैसा अभाबले थन्किएको उनको कलालाई अघि बढाउन यो पनि एउटा महत्त्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ । यता उनको आफ्नै अफिसियल गीत रेकर्डको पनि कमल खत्रीको शब्द तथा कम्पोजमा तयारि सुरु भैसकेको छ । उनको यो कलाको मुल्यांकन जर्जहरुले गर्नेछन भने उनलाई जिताउनको लागि भिडियो भ्युज पनि मुख्य रहने छ ।

प्रतिक्रिया