गायिका लक्ष्मीको तीज गीत :‘म भन्दा सबै मोटा मोटा छन्’

इनेप्लिज २०७५ साउन ३ गते २१:३४ मा प्रकाशित

काठमाडौ – तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकाले तीजका लागि बनाएको गीत संगीतले बजार तात्न थालिसकेका छन् ।

यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘म भन्दा सबै मोटा मोटा छन्’ बोलको नयाँ गीत ल्याएकी छन् । दोहोरी शैलीमा ल्याइएको यो गीतमा उनलाई खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । श्रीमान्ले श्रीमतीको र श्रीमतीले श्रीमान्को गुनासो गरेको शब्द गीतमा सुन्न सकिन्छ ।

बिष्णु न्यौपानेको शब्द र सुमन अधिकारीको लय रहेको गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा गायिका लक्ष्मीको साथमा यादव देवकोटा ‘सरापे’को अभिनय देख्न सकिन्छ । कमेडी शैलीमा तयार भएको भिडियो राम्रो बनेको छ । भिडियो दर्शकको रोजाइमा पर्ने गायिका लक्ष्मीले बताइन् ।

साइभिजन प्रा.लीबाट निर्माण भएको भिडियो निर्देशन भट्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया