यसपालिको तिजमा गायक अमृत रेग्मीको जहाजमै चढेर गित बजारमा

इनेप्लिज २०७५ साउन ३ गते २१:३९ मा प्रकाशित

चितवन÷ हरेक वर्ष झै यसवर्ष पनि नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर लोक संगीतको क्षेत्रमा आफ्नो फराकिलो पहिचान बनाउँदै आएका गायक अमृत रेग्मीको “जहाजमै चढेर ” बोलको गीत बजारमा आएको छ ।
आरती म्युजिक प्रा.लिले बजार व्यवस्थापन गरेको यस गितमा लोकप्रिय गायिका सम्झना भण्डारी र गायक अमृत रेग्मीकै आवाजमा “जहाजमै चढेर” बोलको गीत सामाजिक संजाल युटुभ मार्फत सार्वजनिक गरिएको हो ।

“जहाजमै चढेर” बोलको गीतमा तनहूँको देबघाटमा जन्मिएर चितवनको गुञ्जनगरबाट सानै उमेरमै साङ्गेतिक यात्रा सुरु गरेका गायक रेग्मीकै उत्कृष्ट शव्द रहेको छ भने लोकप्रियक गायक तथा सर्जक प्रेम सापकोटा सोनुले लय सिर्जना भरेका छन् । माया प्रेमलाई विषयबस्तु बनाएर प्रस्तुत गरिएको यस गितमा प्रकाश सपुत र सुजता भट्टले उत्कृष्ट अभिनय गरेका छन भने गितलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी हुन् ।

२०७२ सालबाट औपचारिक रुपमा गीत संगीतमा लागेका गाएक रेग्मीको ‘आँखै छोप्न पर्ने भो’ ‘बिउटिफुल मेरै मायालु’ जस्ता बोलको गीत बजारमा आएको थियो ।

प्रतिक्रिया