श्रीमानको रहस्यमय मृत्यु : न्याय खोज्दै भक्कानिईन् यी महिला, भिडियो हेर्नुस्

इनेप्लिज २०७५ साउन ३ गते २१:४५ मा प्रकाशित
इटहरी । सुनसरी स्थित क्षेत्रीय कारागार झुम्कामा इटहरी १७ का सन्जु शेर्पाको रहस्मय मृत्यु भएको बिषयमा परिवारले छानबिनको माग गरेका छन् । लागुऔषध संम्बन्धि मुद्धामा असार २४ गते कारागार चलान भएका शेर्पाको असार २९ गते गम्भीर अवस्थामा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । शरिरमा चोट र दाग भेटिएपछि परिवारले इटहरीस्थित रिपोर्टर्स क्लब सुनसरी शाखामा पत्रकार सम्मेलन गरि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबार्हीको माग गरेका हुन् । हेर्नुस भिडियो
२८ गतेसम्म नर्मल अवस्थामा रहेको श्रीमान एक दिनपछि बिरामी भएर अस्पताल पुर्याएको र मृत्यु भएको बिषय गहन अनुसन्धान गर्नुपर्ने श्रीमती लिलामाया राई शेर्पाले माग गरिन । प्रशासनले रक्सी खान नपाएर छटपट्टिएर लेडेर मृत्यु भने पनि श्रीमानले पहिलेनै रक्सी छाडेको उनको भनाई छ । प्रहरी सुरक्षा भित्र निर्देष व्यक्तिको कुटेर हत्या भएको भन्दै प्रमुख जिल्ला अधिकारीले छानबिन समिति बनाउनु पर्ने शेर्पाले माग गरेकी छिन्

प्रतिक्रिया