धुन्धुकारी दुई नेपाली अस्ट्रेलियामा पक्राउ, हुन सक्छ दश वर्ष जेल

इनेप्लिज २०७५ साउन ४ गते १०:३८ मा प्रकाशित

सिड्नी, ४ साउन । अस्ट्रेलियामा श्रम शोषण गरेको अभियोगमा स्थानीय प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ ।

श्रमिकलाई शोषण गरेको अभियोगमा दुईजना नेपाली पक्राउ परेका हुन् । प्रहरीले दुवै जनालाई अस्ट्रेलियाबाट बाहिरिन लाग्दा नियन्त्रणमा लिएको हो ।

पश्चिम अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पर्ने कुनुनुर्रा क्षेत्रबाट सीमावर्ती प्रहरी (एपिएफ)ले उनीहरूलाई नियन्त्रणमा लिएको जनाईएको छ । पक्राउ परेका दुवै पुरुष नेपाली हुन् । उनीहरूको नाम भने खुलाईएको छैन ।

विशेष गरी विदेशी कामदारमाथि श्रम श्रोषण गर्नेलाई स्थानीय प्रहरीले अभियान नै चलाएर पक्राउ गर्ने गरेको छ । अस्ट्रेलियामा रहेका अवैध कामदारलाई थोरै पैसा दिएको र दुर्व्यवहार गरेको पक्राउ परेका ती दुई नेपालीमाथि आरोप छ ।

संगठित प्रवेशाज्ञा ठगीको हकमा १० वर्षसम्म कैद तथा दुई लाख डलरसम्म जरिवाना हुन सक्नेछ । संस्थागत हकमा भने १० लाख ५० हजार डलरसम्म जरिवाना हुन सक्ने जनाईएको छ । एजेन्सी

प्रतिक्रिया