छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, २ बर्षदेखि न्याय नपाएकी महिला (भिडियो सहित)

इनेप्लिज २०७५ साउन ४ गते १०:४३ मा प्रकाशित
ईटहरी/ छोरी जन्मिएको भन्दै सुनसरी दुहबीकी एक महिला दुई बर्षदेखि घरेलु हिसाबाट पिडित भएकी छिन् । दुहवी नगरपालिका ६ कि राधा साह छोरी जन्मिएको कारण श्रीमान र घरपरिवारबाट अपहेलित हुदै अहिले माईतमा बस्न बाध्य भएकी हुन् । साहले २० वर्षको उमेरमा २०७२ मा रामधुनी ३ प्रिपाहका २४ वर्षीय गोपाल साह संग विवाह गरेकी थिइन । हेर्नुस् भिडियो
विवाह पछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पिडित साहले इटहरी स्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि गुनासो गरिन् । मेरा श्रीमानले उर्लाबारीकी सावित्रा मगरलाई भगाएर घरमा ल्याए’ गहभरी आाशु पार्दै उनले भनिन्, ‘मलाई घरबाट निकालेर भगाएर विहे गरे, अहिले फोन गर्दा गाली गर्ने मार्ने धम्की दिन्छन् । साहको श्रीमानकै घरमा बस्न पाउनु पर्ने माग छ ।

प्रतिक्रिया