ताजा समाचार : केन्या बाट २१ नेपाली चेलीहरुको कल्ब बाट उद्धार

इनेप्लिज २०७५ साउन ४ गते १०:५६ मा प्रकाशित

अफ्रीका केन्या बाट २१ नेपाली चेलीहरुको उद्धार गरेको समाचार प्राप्त भएको छ । केन्याको अंकीय पत्रिका क्यापिटल न्युजले उक्त समाचार छापेको छ । उनीहरुलाई वेस्ट ल्याण्ड स्थित एउटा सडक क्लब बाट उद्धार गरेको जनाएको छ ।

केन्याको अन्तरराष्ट्रिय अपराध सैन्य दलले उक्त उद्धार गरेको जनाएको छ । गत जुलाई १९ तारिख बिहिबार २१ जना नेपाली नागरिक रहेका नेपाली महिला/युवतीहरुलाई दुई वटा त्यहाँका प्रसिद्ध क्लब बाट निकालेको समाचार लेखेको छ । जहाँ गैर कानुनी रुपमा काम गरेको उक्त समाचारमा जनाएको छ ।

साथै संदिग्ध व्यक्तिलाई समेत पक्राउ गरिएको छ । डिसीआई मानव तस्कर तथा चेलीबेटी बेच बिखन संरक्षण ईकाई तथा अन्तर राष्ट्रिय अपराध इकाईलको पहलमा छापा मारेको जनाएको छ ।

साथै ३ जना अपराधीहरुलाई समेत पक्राउ गरेको केन्याको अंकीय पत्रिका क्यापिटल न्युजले लेखेको छ । उनीहरुलाई २०१० को बिधान ८ अनुसार कारवाई गरिने समेत जनाएको छ ।

तस्बिर कृतज्ञता : क्यापिटल न्युज केन्या

https://www.capitalfm.co.ke/news/2018/07/__trashed-1482/

प्रतिक्रिया