म बिबेकसिल बन्न खोज्दैछु, कुनै पार्टीको होइन ।

इनेप्लिज २०७५ साउन ५ गते १८:२४ मा प्रकाशित

महेश भट्टराई ,

स्वतन्त्र भएर लेख्नु, बोल्नु र बाच्नु भनेको बिबेकसिल हुनु हो तर कुनै पार्टीको होइन । बिबेकसिल हुदैमा बिबेकसिल साझा पार्टीको हुनु होइन । हो धेरै जायज कुराहरूमा समर्थन छ तर कार्यकर्ता वा अन्य पार्टीको जस्तै हनुमान नै चाहि पक्कै होइनौ ।

हिज राजालाई पनि भगवानको रूप संझी पुजा गरियो । पंचायती निरंकुस शासन भन्दै लडाए, लडियो । बहुदल आयो तर बहुलाएर आयो । कुनै दिन प्रजातान्त्रिक समाजबादको नारा भन्दै कांग्रेस लाई साथ दिइयो । तर देशको बिकास भन्दा नेताहरूले आ आफ्नै बिकास गरि पुजिबादी र भ्रष्ट बन्न थाले । त्यस पछि साम्यबादीको नारा घन्काएको एमाले लाई आशा राख्दै समर्थन जनाइयो । उनिहरू पनि सत्तामा पुगे पछि उहि पुजिपती र भ्रष्ट बन्न तिरै लागे ।

ब्यापक परिबर्तन शशत्र क्रान्तिको नारा सहित माओबादी आए । अब त पक्कै केहि हुन्छ भनि बिकासको छलांड मार्ने सपना देखाए ।आशा गरि आफन्तका रगतका धब्बा र छिटाहरू पुछियो, छोपियो । तर झनै उग्र पुजीबादी, भ्रष्ट, पद, पैसा लोलुप भएर निस्किए । सारा सपना खोलामा बगाए । सबै कार्यकर्तालाई रूवाए, कति बिदेश पठाए ।

नया नौलो सोचका साथ बिबेकसिल साझा पार्टी आएको छ । शिक्षित, शभ्य र अनुशासित, नैतिक चरित्रवान, सुसंस्कृत मानिसहरूको समुह देख्दा धेरैको मन जितेको छ ।

सधै भरि सडक तोडफोड, सडक बन्द, टायर बाल्ने, नेपाल बन्द बाट वाक्क दिक्क भएका जनताहरू लाई सडकको पेटीमा बसि शभ्य शान्त तरिकाले आफ्ना कुराहरू राख्ने, सम्बन्धित मन्त्रिहरू कै क्वाटरमा गै आफ्ना माग राख्ने शान्तीपूर्ण प्रकिया थालनीले सबैको मन छोयो । मेरो पार्टीको यो त्यो सिद्दान्त र बाद भन्नु भन्दा नेपाल र नेपालमा कसरी बिकास गर्न सकिन्छ भन्ने सिद्दान्त लाई प्राथमिकता दिएको पाइयो ।

जन्मे देखि नै पार्टी र नेताका हनुमान र खडपुतली बनाइएका हामीहरू यो त अत्ति नै भो भनेर स्वतन्त्र बस्ने निर्णय गर्यौ ।
हामीहरू कुनै पार्टीका हनुमान होइनौ न त कार्यकर्ता , न त अन्धभक्त । बिबेकसिल साझाले उठाएका जायज मागहरू लाई भने पक्कै समर्थन गरेका छौ र गर्नेछौ । जुनसुकै पार्टी वा नेताले यदि राम्रो काम गर्छ भने हामी खुलेरै समर्थन गर्छो, हामी यो वा त्यो पार्टी वा नेता भन्दैनौ ।

बिबेकसिल साझा पार्टीले केहि गल्ति गर्यो भने सबै भन्दा अगाडि बिरोध गर्ने पनि हामी नै हुनेछौ । यस पार्टीमा लाग्नेहरू धेरै बुद्दिजिवी, राजनिति बुझेका वा निकै खारिएका र कुनै पनि निजी स्बार्थ नभएकाहरू स्वइच्छाले लागेको पाएको छु ।
नेतृत्वमा मान्छे मारेको, अपहरण, लुट, जेल, भ्रष्टाचार र सडक बन्द र तोडफोडमा अनुभव नभएका भए पनि केहि पढे लेखेका बिशिष्टता हासिल गरेका र इमान जमान भएका मानिसहरू मैले देखेको छ ।

केहि भने राजनितीको लामो समय सम्म लागेका, अनुभव भएका रिटायर्ड भै स्वतन्त्र बिबेकसिल नेपाली भै बाच्न चाहेको पाएको छु। बिश्वको जुनसुकै कुनामा रहेर पनि नेपालीहरूले हरेक पार्टी र नेताहरू लाई नजिकबाट निगालिरहेका छन । सेतो लाई सेतो र कालो लाई कालो भन्न कहिल्यै पछि पर्दैनन । जसको प्रष्ट उदाहरण रबि लामिछानेको सिधा कुरा जनता संगको हो ।

हामीहरू लाई कुनै पार्टी संग जोड्ने प्रयत्न नगरे कै राम्रो । राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्ने हिम्मत ल्याकत राख्दछौ । कुनै पार्टीको हनुमागिरी अब कहिल्यै बन्ने छैनौ ।

प्रतिक्रिया