किरात याक्थुङ चुम्लुङ जर्मनीको सांगीतिक साँझ सम्पन्न,

इनेप्लिज २०७५ साउन ५ गते १९:२१ मा प्रकाशित
सुमधुर स्वरका धनि गायिका श्रेयसी चेम्जोङ लिम्बु र अर्का नेपाली हाँस्य कलाकार यासेली योङहाङको विशेष उपस्थितिमा किरात याक्थुङ चुम्लुङ जर्मनीले १४-जुलाई-२०१८ मा नेपाली सांगीतिक साँझ हाम्बर्गमा भव्यताका साथ सम्पन्न गरेकोछ ।
सो कार्यक्रममा गायिका चेम्जोङले एक दर्जन भन्दा बढि गित गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए भने अर्का हाँस्य कलाकार यासेली योङहाङले दर्शकहरुलाई हसाउनु हसाएका थिए ।  साथै संघका सचिव रुद्र सुब्बाले मिठो बाँसुरीको ताल बजाएर कार्यक्रमलाई थप मनोरञ्जक बनाएका थिए ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान युरोप उपसंयोजक दावा गेल्जे शेर्पा प्रमुख अतिथी रहेको सो कार्यक्रममा किरात याक्थुङ चुम्लुङ जर्मनीका अध्यक्ष हिमाल सुब्बाको सभापतित्व रहेको थियो ।
प्रेम पोमुले संञ्चालन गर्नु भएको सो सांगीतिक कार्यक्रममा संस्थाका सचिव बिक्रम पयाङगुले स्वागत मन्तब्य राख्न्नु भएको थियो, साथै नेपालीहरुका विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई अतिथिको रुपमा आसन ग्रहण गराएर संघका सदस्य रुपा सुब्बा लिम्बुद्वारा खादा ओडाएर स्वागत गरिएको थियो ।
सो सांगीतिक कार्यक्रमलाई सफल बनाउन उपस्थित महानुभावहरु तथा विभिन्न संघसंस्थाहरुले स्पोन्सर गरि आयोजक संस्थालाई थप सहयोग पुर्याउनु भएको थियो ।
सहयोग पुर्याउनु हुने दाताहरु :-
1, Asia Quick Eimsbüttel – Nenad Martinovic 100 Euro
2,  Asia Quick – Shiva Shrestha (Raju) – 100 Euro
3, Littel Buddha – Maya Chettri – 50 Euro
4, Santosh Lama – Echt Asia – 150 Euro
5, Narayan Prasad Shrestha – Mezu Restaurant, – 100 Euro
6, Tejendra Gauchan – 51 Euro
7, Dipu Gurung – Sushi & Thai Restaurant – 100 Euro
त्यसैगरी किरात याक्थुंग चुम्लुङ्ग जर्मनी परिवारबाट सहयोग गर्नुहुने महानुभावहरु :-
१, एल. बि. चेम्जोङ सुब्बा – १०० युरो
२, प्रेम पोमु – १०० युरो
३, सञ्चमान जबेगु – १०० युरो
४, हरेन्द्र वनेम – १०० युरो
५, कुमार सुब्बा – १०० युरो
६, प्रेम सिंग गुरुङ – ५० युरो
७, तेजमान लिम्बु – १०० युरो
८, चन्द्र मान मेन्याङ्ग्बो – १०० युरो
९, यादब सुब्बा – १०० युरो
१०, रुद्र काम्वाङ्ग सुब्बा – १०० युरो
११, शेरबहादुर तुम्बापो – १०० युरो
१२, हिमाल सुब्बा – १०० युरो
१३,बिक्रम पयाङ्गु – १०० युरो
१४, सेकराज सुनुवार – १०० युरो
१५, ज्ञानु सिलवाल – २० युरो
१६, डोनाल साम्ब्यु लिम्बु – १० युरो
साथै यस आयोजक कमिटी भित्र रहेर स्वयम सेवकको भूमिका निर्वाह गर्नु हुने साथीहरु :-
१, एल. बि. चेम्जोङ सुब्बा
२, प्रेम पोमु
३, सन्चमान साबा
४, रुपा लिम्बु
५, राज लिम्बु
६, पुनम लिम्बु
७, सृजना लिम्बु
८, भावना लिम्बु
लगायतका सम्पुर्ण साथीहरुलाई, पनी हार्दिक धन्यवाद ब्याक्त गर्दै
किरात याक्थुंग चुम्लुङ्ग जर्मनीको निमन्त्रणालाई स्विकार गरेर संघको  उत्तरोत्तर प्रगतिको कामना सहित, कार्यक्रमलाई सफल बनाउन उपस्थित भई सांगीतिक साँझको शोभा बढाई दिनु हुने सम्पुर्ण अतिथि महानुभावहरु स्पोन्सर गरि सहयोग पुर्यानु हुने दाताहरु लगायत दर्शकबृन्दहरुलाई याक्थुङ चुम्लुङ जर्मनी ह्र्दयदेखि नै धन्यवाद ज्ञापन गर्दछ ।
यसै गरि आउदा दिनहरुमा पनि हामी जर्मनीवासी नेपालीहरु बिच एकआपसमा भातृत्व, अपनत्वको भावना अझ गाढा भएर जानेछ भन्ने बिश्वास लिएका छौ ,साथै अझ राम्रा राम्रा कार्यक्रम गर्न यसरी नै यहाहरुको साथ र सहयोग अनि हौसला प्राप्त हुनेछ भन्ने कामना गर्दछौ ।
किरात याक्थुंग चुम्लुङ्ग परिवार जर्मनी,

प्रतिक्रिया