चार विद्यार्थीलाई छात्रवृत्ति

इनेप्लिज २०७५ साउन ७ गते ११:१३ मा प्रकाशित

हेमराज रिमाल

भरतपुर, साउन ७

स्वस्तिक नेपाल नामक गैर सरकारी संस्थाले दुई विद्यालयका ४ जना छात्र छात्रा लाई छात्रवृत्ती प्रदान गरेको छ । संस्थाले आफ्नो वार्षिक कार्यतालीका अनुसार हिमालयन आधारभुत विद्यालय भरतपुरका कक्षा ५ का प्रेम वहादुर प्रजा र कक्षा ६ का शशि लामालाई त्यसैगरी चमेलीदेवी आधारभुत विद्यालयका कक्षा ८ का अञ्जु आले र कक्षा ७ का विनोद पौडेललाई नगद पाँच÷चाँच हजार सहित शैक्षिक सामाग्री प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष बालकृष्ण कँडेलको अध्यक्षतामा आयोजित सो कार्यक्रम हिमालय आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर केसी र संस्थाका पुर्व अध्यक्ष सुदिपसिंह अधिकारीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

 

 

कार्यक्रममा पूर्व अध्यक्ष गणेश प्रसाद पौडेल, हिमालयन आधारभुत विद्यालयका प्रधानाध्यापक तेजेन्द्र खड्का, चमेलीदेवी आधारभुत विद्यालयका प्रधानाध्यापक निर्मला श्रेष्ठ, स्वस्तिक नेपालका सदस्य भरत मल्ल, सुमन कुमार श्रेष्ठ, ऋषि तिमल्सेना, उपाध्यक्ष राजन अधिकारी, लगायतले सामुहिक रुपमा सो छात्र वृत्ति प्रदान गर्नु भएको थियो । कार्यक्रम कार्यसमिति सदस्य अर्जुन अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो । बि.सं. २०६३ सालमा स्थापना भएको सो संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान संचालन गर्दै आएको छ ।

प्रतिक्रिया