नर्थ क्याराेलाइनामा २०५ आैं भानुभक्त जयन्ती समाराेह भब्यरुपले सम्पन्न : नया कार्यसमिति गठन !

इनेप्लिज २०७५ साउन ७ गते ११:१९ मा प्रकाशित

गत शनिवार जुलाई २१ तारिखका दिन नर्थ क्याराेलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाल सेन्टर अफ नर्थ क्याराेलाइना र त्यसमा आवद्ध नेपाली पाठशालासँग  मिलेर २०५ आै भानु जयन्ती भब्यरुपले सुसम्पन्न गरेकाे छ। कार्यक्रम नर्थक्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनाेज प्रधानकाे सभापतित्वमा भएकाे थियाे भने सहभागीहरुलाई समाजकी सदस्य सुजाता ढुङ्गेल ले स्वागत गर्नु भएकाे थियाे।। कार्यक्रमका प्रमुख अतिथि नेपाली साहित्य समाजका सल्लाहकार डा. नारायण राजभण्डारी हुनुहुन्थ्यो। वहाँले भानुभक्तका वारेमा वाेल्दै नेपाली भाषालाई उच्च स्थानमा पुर्‍याउन आदिकवि भानुभक्तको प्रमुख भुमिका रहेकाे र वधुशिक्षा र भक्तमाला जस्ता कृतिका सर्जक भानुभक्तलाई हामिले कहिल्यै विर्सन नहुने कुरा प्रस्ट्याउनु भएकाे थियाे। त्यसै गरि कार्यक्रम सह-आयाेजक नेपाल सेन्टर अफ नर्थ क्याराेलाइनाका अध्यक्ष डा. बटु शर्माले पनि नेपाली पाठशालाका नानीहरुलाई प्राेत्साहन गर्ने यसप्रकारका कार्यक्रममा उक्त संस्था सधै हातेमालाे गर्न तयार रहेकाे कुरा ब्यक्त गर्नु भयाे।


साे कार्यक्रममा चार तहका बालबालिकाहरु बीच ‘भानुभक्त र नेपाली भाषा’ विषयक वक्तृत्वकला प्रतियाेगिता भएकाे थियाे, जस अनुसार केजीदेखि २ कक्षासम्म, ३ देखि ५ कक्षा सम्म, ६ देखि ८ कक्षा सम्म र ९ देखि १२ कक्षा सम्मका २२ जना प्रतिस्पर्धीहरु थिए। प्रतियाेगिताको निर्णायक मण्डलमा डा. अच्युत शर्मा, निर्मला राजभण्डारी र डा. स्मृती पाेखरेल हुनुहुन्थ्यो। निर्णायक मण्डलकाे तर्फबाट निर्मला राजभण्डारीले विजयी प्रतियोगीहरुको नाम पढेर सुनाउनु भएकाे थियाे। जस अनुसार पहिलो समूहमा क्रमश: शाइन लामिछाने, विभुषा गौतम र प्रिन्स गौतम प्रथम, द्वितीय र तृतीय भएका थिए। यसैगरी दाेस्राे समूह अन्तर्गत क्रमशः निर्विरोध तिमिल्सिना, सेजल घिमिरे र बिभु पोखरेल पहिला,दाेस्रा र तेस्रा भएका थिए। तेस्रो समूह अन्तर्गत समी घिमिरे, मोनिका चौलागाईं र सुहानी ढुङ्गेल क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए। त्यसै गरि चौथो समूह अन्तर्गत आयुष्मा शर्मा र सम्पदा आचार्य प्रथम र द्वितीय भएका थिए। विजयी हुने बालबालिकाहरुलाई कार्यक्रम सभापति मनोज प्रधान, एनसीएनसीका अध्यक्ष डा. बटु शर्मा, प्रमुख अतिथि डा. नारायण राजभण्डारी र भानुभक्त भेषधारी विक्रम गौतमले संयुक्त रुपमा पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे।


कार्यक्रमकाे दाेस्राे चरणमा भानुभक्तको भेषमा आउनु भएका विक्रम गाैतमले भानुभक्तले विभिन्न समयमा विभिन्न कविताहरु लेखेका थिए भन्दै केही कविताहरु सुनाउनु भयाे। वहाँले भानुका बारेमा थप प्रष्ट पार्दै रामायण लगायत बिभिन्न समयका पुस्तकहरुका बारेमा सारांशमा चर्चा गर्नुभएकाे थियाे र अन्त्यमा भानुभक्तले आफ्नो छाेरालाई पढ्न अर्ती दिंदै लेखेको भानुकै हस्ताक्षरको पत्र पढेर सुनाउनु भएकाे थियाे। यसै क्रममा शिखर दुलालले भानुभक्तको कान्तिपुरी नगरी कविता पाठ गर्नु भएकाे थियाे । साथै वहाले हालकाे कान्तिपुरकाे अवस्था त्याे वेला जस्ताे नभएकाे भन्दै भानुभक्तीय कान्तिपुरी नगरी कविताकाे जवाफ राेचक ढंगले प्रस्तुत गर्नु भएकाे थियाे। कार्यक्रममा गीता बस्नेत, उमा शर्मा, निर्मला राजभण्डारी, सुजाता ढुङ्गेल, नम्रता आचार्य र मनोज प्रधानले आ- आफ्ना कविता पाठ गर्नु भएकाे थियाे।

कार्यक्रमकाे तेस्राे चरणमा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनाेज प्रधानले संस्थाको संक्षिप्त इतिहास प्रस्तुत गर्दै  संस्थाले गरेका कार्यहरु सुनाउनु भएकाे थियाे। जस अन्तर्गत २०१२ देखि अनवरत रुपले घरदैलाे मासिक कार्यक्रम भइसकेकाे र करिब  ६० जना सर्जकका वारेमा छलफल र २४ भन्दा बढी कृतिका बारेमा बुक क्लब तथा वेबसाइटमा तिनकाे लेखा राख्ने काम भइसकेकाे छ भन्दै मासिक पत्रिका शारदाको नर्थ क्यारोलाइना विशेष अंक, कविता तथा वालकथा संग्रह प्रकाशन जस्ता कार्यक्रमहरु गरिएकाे चर्चा गर्नुभएकाे थियाे। उक्त कार्यक्रममा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजको नयाँ नेतृत्वको पनि घोषणा गरिएको थियो। निर्वाचन प्रक्रिया अनुसार निर्विराेध निर्वाचित हुनुभएका वर्तमान महासचिव शिखर दुलाललाई अध्यक्ष मनाेज प्रधानले अध्यक्षता पद हस्तान्तरण गर्दै वधाई तथा शुभकामना दिनु भएकाे थियो। अध्यक्ष पद ग्रहण गर्दै नव अध्यक्ष शिखर दुलालले सबैकाे सहयाेगकाे अपेक्षा गर्दै अबकाे खेल हामी सबै मिलेर खेलेमा मात्र शिल्ड हात पर्ने भन्दै आफु त केवल फुटबल मात्रै भएकाे र त्यसलाई खेलाएर पाेष्टमा गाेल गर्ने जिम्मा खेलाडीकै हाे भन्नुभयो। खेलको उदाहरण दिंदै तपाईहरुनै खेलाडी र रेफ्री हाे, मेराे काम तपाईहरुले जता गुडाउनु हुन्छ त्यतै गुड्ने हाे भन्दै आफ्नो नयाँ कार्यसमितीकाे परिचय गराउनु भएकाे थियाे। अन्तर्राष्ट्रिय नेपाली समाज नर्थक्याराेलाइना काे अवकाे नया कार्यसमिति यसप्रकार रहेकाे छ:
अध्यक्ष : शिखर दुलाल
व. उपाध्यक्ष : नम्रता आचार्य
उपाध्यक्ष : शिशिर खनाल
महासचिव : निर्मला राजभण्डारी
काेषाधक्ष: सुजाता ढुङ्गेल
सदस्यहरु :
1. डा अच्युत सर्मा
2. विक्रम गाैतम
3. शुवाश ढकाल
4. डा. ऋषि वस्ताकाेटी
5. गिता वस्नेत
6. डा दिपेन्द्र अर्याल
कार्यक्रमकाे सन्चालन नम्रता आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया