बबिना किरातीको ”घिन घिन मादल” सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७५ साउन ७ गते ११:२६ मा प्रकाशित
रोशन पोखरेल ,काठमाडौ, साउन   – गायिका बबिना किरातीको स्वरमा  रहेको नयाँ लोक पप गीत”घिन घिन मादल” बजारमा सार्वजनिक भएको छ । उत्तम खुजुमको शब्द रचनालाई कोरियामा रहेर नेपाली गीत–संगीतमा तहल्का मच्याईरहेका संगीतकार डि आर अटुले संगीत गरेका छन् ।
सार्वजनिक गीतको एरेन्ज भने राजु कार्कीले गरेका हुन् भने मिक्सिङ्ग र मास्टरिङ्ग किशोर थापाले गरेका छन । गीतको म्युजिक भिडियोमा चर्चित मोडेल रिमा विश्कर्मा र गान्दिब सुवेदीले अभिनय गरेका छन् ।उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन र युवराज वाइवाले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया