अमेरिका नेपाल सहयोगी समाज को निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अगस्त ४ तारिख हुने

इनेप्लिज २०७५ साउन ९ गते १०:४२ मा प्रकाशित


बिजय थापा ,डिसी, अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस) को आयोजनामा आगामी अगस्त ४ तारिख शनिबार निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुने भएको छ ।

गत बर्ष झैँ यस बर्ष पनि निशुल्क स्वास्थ्य सेवा नेपाली समुदायले लाभ उठाउन भन्ने हेतुले निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्न लागिएको हो । गत बर्ष नेपाली मूलका आधा दर्जन जति चिकित्सकहरु द्वारा स्वास्थ्य परिक्षण गरिएको थियो ।

साथै नेपाल बाट आफ्ना परिवार तथा सन्तानलाई भेट्न आएका आमाबुवा ,हजुरबुवा हजुरआमा तथा अमेरिकामा बिमा नभएका नेपाली समुदायले उक्त एक दिने शिविरको लाभ उठाउन सक्ने छन् । उक्त परिक्षण कार्यक्रममा सामान्य जाच ,रगत परिक्षण अन्तर्गत मधुमेय को जाच ,कोलेस्टेरोल , दात परिक्षण समेत नि:शुल्क हुने छ।

अमेरिका नेपाल सहयोगि समाजको आयोजनामा भर्जिनियाको मनाससमा August 4th,2018 9:00 AM to 3:00 PM नि:शुल्क स्वास्थ्य परिक्षण शिबिर हुने छ l

डिसी महानगर क्षेत्रमा सन् २००८ मा स्थापना भएको संस्था १० बर्ष पुगेको छ । स्थापना काल देखि नै सामाजिक सेवा तथा नेपाली समुदायलाई पर्दा मर्दा अहम भूमिका निर्वाह गर्दै आएको संस्थाले भूकम्प पिडितको लागि एक टोलि नेपाल गएर ठुलो सहयोग गरेको थियो ।

साथै नेपालका भूकम्प पिडितहरुलाई उद्धार तथा उल्लेख्य सहयोग गरि कर्मथलो अमेरिका फर्केका स्वयम् सेवकहरुलाई सम्मान गरेको थियो । उक्त संस्थाको पहलमा विभिन्न संघ /संस्था तथा व्यक्तिहरुद्वारा उठाइएको अर्थ संकलन बाट ३२ हजार ५ सय ९९ डलर (करिब ३२ लाख ६ हजार रुपैया )वाशिंगटन डिसी दुताबासलाई चेक हस्तान्तरण गरेको थियो ।

अमेरिका कै क्रियाशील संस्था मध्ये कै समाज सेवामा अग्रणी भूमिका निर्वाह गर्दै नेपाली समुदायलाई मर्दापर्दा साथ दिने संस्था एएनएचएसले आकस्मिक कोष पनि खोलेको छ ।

बिस्तृत जानकारीको लागि: 

http://www.anhsdc.org/america-nepal-helping-society/

 क्लिक गरि अग्रिम रुपमा आफ्नो नाम रजिस्टर गर्न  तथा फोनबाट समेत आफ्नो नाम टिपाउन  सक्नुहुनेछ। 

मधु पन्थि       703-485-2000

तिलक खरेल   240-481-9503

केदार तिम्सिना 571-340-5419

कमल भट्टाराई 703-973-4574

तथा  ANHS TEAM लाई सम्पर्क गर्न सक्नु हुनेछ।
स्थान:
ALTMED Medical Center
8708 Sudley Road, Manassas, VA 20110
August 4th, 2018 9:00 AM to 3:00 PM

Early Blood Draws will be at ALTMED on July 28

It will be beneficial for you when visit Nepali Doctors at Health Fair you can discuss!

प्रतिक्रिया