नेपाल नेक्स्ट सुपरस्टार २०१८’ को अडिसन शनिबारदेखि सुरु

इनेप्लिज २०७५ साउन १५ गते २१:२४ मा प्रकाशित

काठमाडौं । थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा ‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ को लागि आवेदन खुल्ला भएको र सो प्रतियोगिताको अडिसन आउँदो शनिबारदेखि काठमाडौंबाट सुरु हुँदैछ ।

मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर यस क्षेत्रमा आफ्नो भविष्य बनाउन इच्छुक युवा युवतीहरुलाई दक्ष, सक्षम, योग्य र व्यवसायिक बनाउने अभिप्रायबाट ‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’नामक मोडलिङ व्याकरणमा आधारित मोडलिङ प्रतियोगीताको आयोजना गरिन लागिएको हो । प्रतियोगिताको पहिलो अडिसन आउँदो १९ श्रावण काठमाडौं न्यूरोड, बिशालबजार स्थित बेन्टो लाउन्ज एण्ड बारमा आयोजना हुँदैछ । काठमाडौंबाट सुरु हुने अडिसन धरान, इटहरी, बिरगंज, बिराटनगर, बिर्तामोड, हेटौडा, बुटवल, नेपालगञ्ज, पोखरा,चितवन हुँदै पुन काठमाडौमा आएर नै सकिनेछ । अडिसन अवधिभर द एलिमेन्टस् र दिब्य धुनी ब्यान्डले प्रतियोगिताको प्रवर्द्धनको लागि साथ रहि बिभिन्न सहरहरुमा आफ्नो प्रस्तुतीहरु दिनेछन् ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुनेछ ।

अडिसनबाट छनौट भएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा समावेश गर्नको लागि विभिन्न ख्याति प्राप्त प्रशिक्षक र कलाकारहरुबाट एक महिनासम्म प्रशिक्षण प्रदान गरिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास,सञ्चार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङ लगायत विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिनेछन् ।

प्रतियोगिताका विजेता लगायत अन्य उत्कृष्ट सहभागिहरुलाई अन्तर्राष्ट्रिय फेसन शो, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता,चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, फेसन शो, मिडिया प्रोमोशन आदिमा अवसर प्रदान गरिनेछ । प्रत्येक सहभागीले आईएलटिस् र जापानी भाषाको प्रशिक्षण निशुल्क प्राप्त गर्नेछन् । विजेताले नगद पुरस्कार रु. एक लाख, फेसन डिजाइनिङको एक वर्षे कोर्षमा पचास प्रतिशत छुट, पाँच दिनको थाइल्याण्ड भ्रमण, चलचित्रमा तथा अन्तर्राष्ट्रिय फेसन शोको सहभागिताको अवसर प्राप्त गर्नेछ । प्रतियोगिताका फ्रस्ट तथा सेकेन्ड रनर अपले फेशन डिजाइनिङको एक वर्षे कोर्षमा क्रमशः पच्चीस तथा पन्ध्र प्रतिशतको छुट प्राप्त गर्नेछन् साथै म्युजिक भिडियो, विज्ञापन तथा फेसन शोमा अवसर प्राप्त गर्नेछन् ।

मुख्य तीन उपाधि बाहेक प्रतियोगितामा फोटोजेनिक, फ्रेन्डशीप, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, वेष्ट वाक,कन्फिडेन्स लगायतका विधामा पनि विजेता चयन गरिनेछ । प्रतियोगिताको मुख्य प्रतिस्पर्धा राजधानीमा सम्पन्न हुनेछ । सहभागिताका लागि कम्तीमा एसएससी वा एसइइलाई न्युनतम शैक्षिक योग्यताको मापदण्ड मानिएको छ भने पुरुष सहभागीको हकमा उमेर १८ देखि २६ वर्ष र उचाईं न्युनतम ५ फिट ५ इन्च तथा महिला सहभागिको हकमा उमेर १८ देखि २६ वर्ष र उचाई न्युनतम ५ फिट २ इन्च तोकिएको छ ।

प्रतिक्रिया