कलाकरिता र पत्रकारिता पानी हो भने “म” प्यास हुँ -गायक महेश मुखिया

इनेप्लिज २०७५ साउन १६ गते ११:०८ मा प्रकाशित

काठमाडौँ : गायक तथा संचारकर्मी महेश मुखिया गायन संगै भिजेका रुपमा समेत चर्चा बटुल्दै छन् l सुख दुःखमा साथी बन्छहरपल संगै रहन्छ गीत संगीत, कस्लाई छुंदैन र गीत संगीतले संसारमा जो सुकैको मन र मष्तिक् । त्यस्तै गीत संगीतकोदुनियाँमा हराएर गायकको परिचय बनाएर यहाँ सम्म आईपुगेका छन गायक महेश मुखिया रामेछाप उमाकुण्ड प्रीतीगाँउपालिका वार्ड न.४ मा बुवा डिल्लीराम सुनुवार आमा डिल्लीमायाँ सुनुवारकी कोख बाट जन्मिएका मुखिया आफ्नोएस.एल.सी. सम्मको अध्यन श्री चण्डेश्वरी मा.वि मा गरिसके पछि २०६५ सालमा अध्यनको शिलशिला लगाएतका धेरै सपनाबोकेर काठमाडौ छिरेका हुन् l अध्यन संग संगै संगीतलाइ पनि अगाडी बढाएका उनको सानै उमेर देखि गीत गाउने बानीथियो ।

गायक महेश मुखियाले बजारमा ल्याएका गीत “भिज्यो तिम्रो रातो पछ्यौरी” वोलको गीत चर्चामा रहेको छ उनी भन्छन यहिगीतले मलाई चिनाउन ठूलो मद्धत गर्यौ र स्थापित पनि बनायो ।उक्त गीत रिमेक गरिएको थियो । चार दशक अगाडी बरिस्ठलोक गायक पाण्डव सुनुवार ,शिवा बस्नेत र वांशुदेव मुनालले समुहमा गायिएको थियो र हाल महेश मुखियालाई गायिकासन्ध्या सुनुवारले साथ दिएकी छिन।यस गीतका संकलक वरिष्ठ गायक एवम संकलककर्ता सन्तोष बस्नेतले गरेका हुन । हालउक्त गीतका निर्माता एल बि मुखिया रहेका छन। अग्रज श्रष्ठाको सम्मानमा सार्बजनिक भएको गीतको ठूलो साथ र भुमिकालोक गीत सम्राट कुमार बस्नेत,सनिश सुनुवार र समीर मुखियालाई सम्झन्छ्न भने म्यूजिक नेपाल संग सहकार्य रहेकोगायकले बताएका हुन ।

उनका यस भन्दा अगाडि श्रोता दर्शकले रुचाइएका र चर्चित गीतहरु “केहि दिन म टाढ हुँदै छु “,”माथी माथी लेकमा”, र”सिउरेनी वनमा” गीत हुन। गीत संगीत संग संगै उनी एउटा कुशल संचारकर्मी पनि हुन विभिन्न पत्र पत्रीका अन्लाईनमाध्यममा पत्रकारिता गर्नुका साथै राष्ट्रिय लोकप्रिय अरनिको टेलिभिजनमा भिजेको रुपमा समेत रहेका मुखियाले नेपालीगीत संगीत र कला साहित्यका कार्यक्रम संचालन गर्दै आएका छन । उनी भन्छन संचार क्षेत्र र कलाकारिता मेरो जिन्दगीकोअभिन्न अंगको रुपमा जोडीएको पेशा हुन। कलाकारिता र पत्रकारिता पानी हुन भने ‘म’ प्यास हुँ l

उनि भन्छन म संगैका दौतरी साथिहरु सम्झदा कोहि कुनै क्षेत्रमा होलान र कोहि डाक्टर ,इन्जिनियर ,टिचर अनि कृषक तरम यो क्षेत्रमा पाउँदा खुशी र आनन्दको आभाष पाउदछु । जिन्दगीमा संघर्ष त धेरै गरियो होला कहीँ मिलन कहीँ बिछोडोअनि दुख सुख र उकाली ओराली सबै मानिसमा हुन्छ स्वाभाविक लाग्छ मुखियाको अनुभवमा । घरको सबै भन्दा सानोसदस्य भएकोले परिवारको साथ पाएका अग्रजको आशीर्वाद समाकालिनको साथ भावी पुस्ताको मायाँ स्नेह र सबै मिडियाकासम्मान र आदर गर्नु पर्ने साथिहरुको साथले गर्दा नै म यो ठाँउमा पुगेको बताउछन । गीत संगीतको दौडानमा मुखियाले यसभन्दा अगाडि दुई ओटा एल्वम निकालिसकेका छन। “आश” पहिलो एल्वम थियो भने “प्रमिश” दोस्रो एल्वम रहेको थियो।

अगामी दिनका योजना भने राम्रा राम्रा गीत संगीत स्रोता दर्शक माझ ल्याउने र सबैको मायाँ र विश्वास जित्न कोशिस गर्ने अनिनेपाली गीत संगीत र कला साहित्यका लागि प्रचार एवम प्रवर्तन आम संचार माध्यम बाट आफ्नो साथ र सहयोग पुर्याउनेबताएका छन ।

प्रतिक्रिया