सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)

इनेप्लिज २०७५ साउन १६ गते २१:३३ मा प्रकाशित

ईटहरी । । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिए सँगै पुर्वेली लोकगायिका अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गयिका गौतमको युटयुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा ईटहरी र आसपासका दृश्यहरु समेटिएका छन । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको संगीत संयोजनमा रहेको सो गीतमा गायिका गौतम सवंयले अभिनय गरेकी छिन । बिगत एक दशकदेखि इटहरीलाई कर्मथलो बनाएर उनी क्रियाशिल छिन । उनले ८ ओटा एल्बम मार्फत करिब डेढ सयको संख्यामा गितहरु गाएकी छिन ।

हरेक चाडपर्वमा एल्बम निकाल्ने उनले यो तिजमा पनि गित रेकर्ड गराएकी छिन । उनले लोकगीत, पुर्वेली, लोक आधुनिक, भजन तिहार गीतमा स्वर दिएकी छिन ।
उनले यस पटकको तिजको लागी “स्वयंबरको रातो साडी लगाउ छपक्कै” नामको गित र भिडियो समेत तयार पारेकी छिन ।

प्रतिक्रिया