प्र्याङ्कस्टार अलिश राई भन्छन,’प्रयांक भिडियो बनाउँदा घाउ हुने गरी कुटाई खाए’

इनेप्लिज २०७५ साउन १६ गते २१:४१ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : प्र्याङ्क भिडियोको मुख्य उद्देश्य भनेको दर्शकलाई हँसाउनु नै हो। पछिल्लो समय नेपालमा प्र्याङ्क भिडियोहरू पनि थुप्रै बन्न थालेका छन्। यो क्रमसँग अब विदेशी प्र्याङ्क भिडियो हेर्नु पर्ने बाध्यताको अन्त्य भएको छ। सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पाइने नेपाली प्र्याङ्क भिडियो हेरेर सबै बर्गका व्यक्तिहरुले मज्जा लिने गर्छन। त्यस्तै, नेपाली प्र्याङ्क स्टारहरुको जमातमा चर्चित बन्दै गईरहेका छन् प्र्याङ्कस्टार अलिस राई।

अलिश राई पछिल्लो समयमा प्र्याङ्क भिडियो बनाएर चर्चा बटुलिरहेका छन्। उनका फ्यानहरुको अहिले ओहिरो नै लागेको छ। उनले बनाएको ‘चुरोटले क्यान्सर हुन्छ भन्ने थाहा छैन?’ भन्ने प्र्याङ्क भिडियो निकै नै भाइरल भए पछि उनी चर्चाको शिखरमा पुगेका हुन्। उनको प्रयांकमा चेतानामुलक संदेश रहेको हुन्छ। उनी प्र्याङ्क गर्नुको साथै नित्य र सङ्गीतमा पनि पोख्त छन्। उनले स्कुलहरुमा डान्स सिकाउने पनि गर्छन। उनको गीत पनि चाडै आउने तयारीमा रहेको उनी बताउँछन्।

अलिस राईले हलिउड प्र्याङ्कबाट प्रभावित भएर प्र्याङ्क भिडियो बनाउन शुरु गरेका हुन्। प्र्याङ्क भिडियो हेर्दा जति रमाइलो देखिन्छ त्यसलाई बनाउनलाई त्यति नै कठिन छ। अलिस राई भन्छन,’यस्ता भिडियो बनाउँदा चुनौतीहरु पनि धेरै आउँछन। चुरोटको भिडियो शुट गर्ने क्रममा कुटाई खाएर घाउ नै भएको छ। धेरै पिटाई पनि खाए, कसैले जथाभावी बोलेर मुख छाड्छन, कसैले मैले बनाएको भिडियो डिलेट गर भनेर समेत् धम्काए।’

अरुलाई बाटो-बाटोमा प्रयांक गर्ने अलिश आफु पनि प्र्याङ्कमा परेको अनुभव पनि कुराकानीको क्रममा सुनाए। उनी अरुले नगरेको फरकखालको प्रतिभाबाट दर्शकहरु माझ प्रस्तुत हुने सोचले प्रयांक भिडियो बनाउन थालेका हुन्। सबैलाई आफ्नो कलाबाट हसाउने अलिशको भावी योजना फिल्मी क्षेत्रमा लाग्ने रहेको छ।

प्रतिक्रिया