कलाकार मदनकृष्ण श्रेष्ठ संग गरिने अन्तरक्रिया कार्यक्रम को तयारी पुरा ,कार्यक्रम अगस्त ४ तारिख हुने

इनेप्लिज २०७५ साउन १८ गते २१:१६ मा प्रकाशित

विजय थापा, डिसी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ संग गरिने बिशेष अन्तरक्रिया कार्यक्रम को अन्तिम तयारी पुरा भएको छ । अगस्त ४ तारिखमा हुने उक्त कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानिया तथा वरिष्ठ लोक गायक तथा अवैतनिक महा बाणिज्यदुत प्रेम राजा महतले गर्ने छन् ।

नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले आयोजना अगस्त ४ शनिबार साँझ ५ बजे सुरु हुने छ । कार्यक्रमको लागि नेपाल बाट मदन कृष्ण श्रेष्ठ अमेरिका पहिले नै आई पुगका छन् भने पत्रकार प्रेम बानिया पनि डिसी आई पुगेका छन् ।

सम्भवत पत्रकार प्रेम बानिया अमेरिकामा नेपाली समुदाय बीच सार्वजनिक रुपमा प्रस्तुतिको लागि पहिलो पटक देखिने भएका छन ।

आयोजकका अनुसार बानिया तथा महतले कार्यक्रम संचालन गर्ने नभई ,बिशेष अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण कार्यक्रम प्रस्तोताको रुपमा पेश हुने छन् ।

उक्त कार्यक्रममा कलाकार श्रेष्ठ संग जीवनका कुराहरु ,महको ‘म’ पुस्तक ,गायन क्षेत्र ,कलाकारिता क्षेत्र तथा अन्य जिज्ञाशा आदी ईत्यादी बिषयमा द्वय वरिष्ठ लोक गायक प्रेम राजा महत तथा पत्रकार प्रेम बानियाले सोध्ने छन् । साथै दर्शकहरुले समेत जिज्ञाशा समेत राख्न सक्ने छन् ।

उक्त कार्यक्रममा कलाकार श्रेष्ठ संग प्रत्यक्ष रुपमा भेटघाट गर्न पाइने ,अन्तरक्रियामा सहभागी हुन् पाइने ,जिज्ञाशा राख्न पाउने ,उनका संक्षेपमा जीवनका कुरा सुन्न पाइने ,उनको आत्मकथा ‘महको म’ पुस्तक बारेमा चर्चा तथा गीत समेत सुन्न पाइने छ ।

संकलन भएको केहि रकम क्यान्सर सोसाइटी तथा नेपालमा संस्था द्वारा संचालित छात्रवृत्तिमा जाने जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् ।

प्रतिक्रिया