अमेरिकामा हु इज हु लिजेन्ट अवार्ड तथा ईगल अवार्डबाट कीर्तिमानधारी उज्ज्वल ठकुरी र प्रख्यात तेक्वान्दो प्रशिक्षक कृष्ण बलाल सम्मानित

इनेप्लिज २०७५ साउन २० गते १२:१० मा प्रकाशित

गत अगस्त ३ तारिख हु इज हु लिजेन्ट अवार्ड तथा ईगल अवार्डबाट कीर्तिमानधारी उज्ज्वल ठकुरी र प्रख्यात तेक्वान्दो प्रशिक्षक कृष्ण बलाल सम्मानित भएका छन् ।

उक्त सम्मान गेलोर नेसनल हार्बरमा अमेरिकन मार्सल आर्ट एसोसिएसनको ५० वटा स्टेट बाट बिज्ञ खेलाडी र हलिवुड कलाकार समेत उपस्थिति रहेको थियो । हलिवुड कि चर्चित कलाकार ” सिन्थिया रोडक ” आएका थिए भने “नायक “बाट युनाइटेड नेसन को युएस बिशेष दुत अन्तर्राष्ट्रिय बाणिज्य दुत विन्सेंट लिन ” अनि गिनिज बिश्व रेकर्डमा अनगिन्ती नाम राखेका डा रोबर्ट गोल्डमन समेत को सहभागिता रहेको थियो ।

यसै गरि अमेरिकन मार्शल आर्ट्स एसोसिएसन बाट ग्रान्ड मास्टर “जेसी बोएन” र ग्रान्ड मास्टर “जो कोरली” थिए । साथै भर्जिनिया बाट ” चार्ली ली” जो नासका कराते खेल मा ४ पटक बिश्व च्याम्पियन भएका थिए ।

कराते क्षेत्रमा बिश्व प्रख्यात ” लिन्डा देनले ” ओलम्पिकमा १५ पटक कराते खेल जितेका उपस्थिति भएका थिए .। सबै बिज्ञ व्यक्तित्वहरु भेला हुनु को मुख्य कारण ५० वटा प्रान्तको वरिष्ठ र रेकर्ड होल्डर खेलाडीहरुलाई सम्मान दिनको लागि भेला गरेको थियो।

जस्मा भर्जिनिया बाट दुइ खेलाडी सम्मानित भएका थिए । गिनिज बिश्व च्याम्पियन उज्ज्वल ठकुरी र मास्टर कृष्ण बलाल सम्मानित भएका थिए । मास्टर कृष्ण बलाल हु इज हु लिजेन्ट अवार्ड बाट सम्मानित भै अमेरिकन मार्सल आर्ट्स एसोसिएसनको किताबमा ईतिहास लेखाउन सफल भएका छन् ।

त्यसै गरि गिनिज बिश्व च्याम्पियन उज्ज्वल ठकुरीले बहु चर्चित हु इज हु ईगल अवार्ड बाट सम्मानित भै अमेरिकन मार्सल आर्ट्स एसोसिएसनको किताबमा ईतिहास लेखाउन सफल भएका छन् ।

ठकुरीले यो भन्दा अघि हु इज हु लिजेन्ट अवार्ड बाट सम्मानित भइ सकेका छन् । ठकुरी भन्छन अघि बढ्न र देशको नाम राख्न खेल जगतमा कसैले नछेक्ने बताएका छन ।

साथै ठकुरी तेश्रो गिनिज वर्ल्ड रेकर्ड राख्ने तैयारीमा छन्

प्रतिक्रिया