पछाडीबाट आफ्नै जेठानीले ज्यानमार्ने नियतले हमला गर्नुभयो – चर्चित गायिका सिता थापा [हेर्नुहोस भिडियो]

इनेप्लिज २०७५ साउन २० गते १६:०० मा प्रकाशित


 

पिएनपिखबर, भक्तपुर : लोक सांगेतिक क्षेत्रमा एकछत्र राज जमाउदै आएकी चर्चित गायिका सिता थापामाथि आफ्नै घरमा केहि दिन अघि चक्कु प्रहार भएको थियो । सितामाथि चक्कु प्रहार गर्ने उनकै जेठानी हुन्। हालै उनको अल्फा अस्पतालमा उपचार भईरहेको छ ।

गायिका सिताको घरमा उनी एउटी छोरी, सासु, ससुरा, जेठानी र उनको छोरी पनि बस्छिन्। सिताको विवाह भएको १५ वर्ष वितिसकेको छ। जेठानीको विवाह सिताको विबाह पछि भएको थियो। उनको जेठानीको विवाह भएको ७ वर्ष भयो । शुरुमा राम्रै चलिरहेको थियो तर २ वर्ष देखि मनमुटाब भईरहे पछि उनीहरुबीच बोलचाल नै बन्द भयो। घरमा सधै झगडा भईरहने भएकोले उनको श्रीमान लामो समयदेखि कोठा लिएर छुट्टै बसेका छन्। उनका श्रीमान बेला-बेलामा भेट्न आउने गर्छन। सासु-ससुरालाई एक्लै छाड्न नसक्दा उनी आफ्नो श्रीमानसँग छुट्टै बस्न नचाहेको उनले बताईंन।

सिताको अनुसार, सानो तिनो झगडा हुँदा-हुँदै बोलचाल नै बन्द भयो। त्यसपछि एउटै घरमा भएपनि जेठानीले छुट्टै भान्सा गर्ने थालिन। सिताले खाना बनाइसकेपछि उनकी जेठानीले खाना बनाउने गर्थिन।

सिताले घटनाको विवरण सुनाउँदै भनिन्,’शनिबार जेठानीले खाना बनाउने समयमा भान्छामा गएर छोरीलाई खाजा बनाइदिंदा मैले बनाउने समयमा किन भान्सामा आएको भन्दै जेठानी झगडा गर्न आउनुभयो। जेठानीसँग भान्सामा भएको बिवादमा उहाँले मलाई पछाडीबाट टाउकोमा प्रहार गर्नुभयो । मैले रोक्न खोज्दा नसकेपछि घचेड्दै लाँदा पाखुरामा काट्यो । मैले केहि पनि नभेटे पछि हातले नै टाउको छेक्न खोज्दा औलाँहरुमा पनि चोट लाग्यो।’ सिताको दाहिने हातको बुढी औँलामा गम्भिर चोट भएकोले शल्यक्रियमार्फत जोडिएको छ ।

उनको जेठानी सरकारी अधिकृत हुन् । जेठानीले आफ्नो सरकारी जागिरको घमण्ड र श्रीमान छुट्टै बसेका कारण हेपेर आफूलाई सधै पीडा दिने गरेको र अहिले चक्कुले समेत ज्यान लिने हमला गरेको सिताले बाताईंन।

अल्का अस्पतालमा उपचार भइरहेको गायिका थापाको उपचार खर्च उनका ससुराले बेहोरिरहेका छन्। सिताले जेठानी अन्जु मगर बिरुद्ध कारवाहीको माग गर्दै महानगरीय प्रहरी परिसर, जावलाखेल, ललितपुरमा उजुरी दर्ता गराएकी छिन्। सिता भन्छिन,’शुरुमा मैले आफ्नो घरयसी समस्या बाहिर ल्याउन चाहिन र पत्रकारहरु आउँदा सम्झाएर पठाए । तर जेठानीमा अलिकति पनि लचकता नआउनु र एकपटकपनि माफी माग्न समेत्न आएको कारणले मैले ज्यान मार्ने केश हाले।’

बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया