पारसको स्वरमा आयो राष्ट्रकविको गीत 

इनेप्लिज २०७५ साउन २१ गते १०:३९ मा प्रकाशित

काठमाडौँ– पारस नेपालले गाएको ‘कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो…’ गीतकोे म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको र जुगल डंगोलले संगीतबद्ध गरेको उक्त गीत पारसको पछिल्लो एल्बम ‘धरोहर’ मा समेटिएको छ । डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन् ।

पारसले गाएका पाँच गीत समेटिएको ‘धरोहर’ राजधानीमा यसै साता विमोचन भएको हो । उक्त एल्बममा ‘गर्मी भयो रे भन्छन्,’ ‘दायाँबायाँ बेथिति छ,’ ‘सबै भन्छन् तिमीलाई’ र ‘तिमीले टेक्ने माटो उही’ लगायत गरी राष्ट्रिय भावनाका पाँच गीत छन् । क्षेत्रप्रताप अधिकारी, अमन मास्के, दिनेश अधिकारी र फूलमान वलले लेखेका यी गीत पनि जुगलले नै एरेन्ज र संगीतबद्ध गरेका हुन् ।

कान्तिपुर दैनिकमा कार्यरत पारस यसअघि पनि राष्ट्रिय भावकै गीतसहित श्रोतामाझ आएका थिए । ‘नालापानी कालापानी’ बोलको उक्त सिंगल ट्र्याकमा पारसकै शब्द र जुगलकै संगीत सुन्न सकिन्छ ।

 

प्रतिक्रिया