मंगलबार, साउन २९ २०७५ | Tue, August 14, 2018
नेपालको समय: २१:२६ | Washington DC: 11:41

गोमेजद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं, २१ साउन । जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले एक स्टाटस राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

३३ वर्षीय गोमेजलाई जर्मनीमा भरपर्दो स्ट्राइकरको रुपमा लिइन्थ्यो । उनी विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि मिडफिल्डर मेसुट ओजिलले आफूमाथि रंगभेदी अपमान भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको थिए ।

गामेजले आफ्ना फुटबल प्रशिक्षक जोचिम लोसँग सल्लाह गरेर सन्यास लिएको जानकारी दिएका छन् ।

२०७५ साउन २१ गते १२:२१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी