यी हुन् भिटेन र याम बुद्धको ठुलो फ्यान, जसले दिन्छन चर्चित र्यापरलाई टक्कर (भिडियो सहित)

इनेप्लिज २०७५ साउन २१ गते २२:१६ मा प्रकाशित
बदलिदो समय अनि समय संगै बदलिने हामि मानब जाति हरेक तबरमा आफ्नोपन संगै दिनानुदिन आधुनिकता संगै घुलमिल भइरहेका छौ l नया कला, साहित्य, रचना संगै गित, संगीत पनि विभिन्न उमेर समुहमा उमेर बिशेस भिन्न भिन्न पाइन्छन l समयको माग या त बढ्दो युवापुस्ता हरुको क्रेजको कारण नेपालि गीतसंगीतमा र्याप गीतले राम्रो स्थान पाएको छ l यस्तै र्याप गित प्रतिको सानै देखिको लगाब भएका उदाउदो र्यापर हुन् चन्द्रुहाङ्ग राइ l चलेका र्यापर जस्तै र्याप हान्न सक्छन उनि ! हेर्नुस उनी चन्द्रुहाङ्ग राई संग गरिएको रमाईलो भिडियो कुराकानी  l
र्याप मार्फत जिबन्त गित गाएका स्व.यम बुद्ध त्यस्तै अहिलेका चर्चित र्यापर लाहुरे, भिटेन लगायतका अन्य थुप्रै र्यापरहरुले नेपालि र्यापलाई अझ उचाइमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएका छन् l यस्तै नेपालमा र्याप गितलाइ निरन्तरता दिनको लागि नया-नया र्यापरहरु पनि आइरहेका छन् l सानो उमेरमा लाहुरे र यम बुद्धको गित गाउने र्यापर चन्द्रुहाङ्ग अहिले आफै शब्द रचनामा खुलेर र्याप गाउछन भने आफ्नै शब्द रचना मा ‘पिडा’ र ‘मेरो तरहरा’ शिर्षकको गित पनि आफैले लेखेका र्यापर राइ अन्तरात्मा देखि नै फ्री स्टायलमा र्याप गाउछन  l
भर्खरै १२ क्लास पढ्दै गरेका राइले सानैदेखि र्याप गित गाउदै आएका छन् ! घरपरिवारबाट साथ र सहयोग हुदा हुदैपनि बजेटले साथ नदिएको र चाडै नै साथीभाईहरुको सहयोगमा गित रेकड गर्ने सोच बनाएको कुरा राईले बताए l आफुसंग भएको कलालाइ प्रस्फुटन गराउदै र्याप गीतमै भबिस्य बनाउन लागिपरेर र्याप गाउने चन्द्रुहाङ्गले भोलिका दिनमा कसरि प्रस्तुत हुन्छन त्यो भने  हेर्न बाकि नै छ !

प्रतिक्रिया