मंगलबार, साउन २९ २०७५ | Tue, August 14, 2018
नेपालको समय: २१:२८ | Washington DC: 11:43

अशोक दर्जी धमलाको हमलामा, ऋषि धमलालाई सुनाए गीत (भिडियोसहित)

काठमाडौं, २१ साउन । चर्चित बाल गायक अशोक दर्जीले पत्रकार ऋषि धमलालाई थुप्रै गीत गाएर सुनाएका छन् । आइतबार साँझ हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमलामा उनले विभिन्न गीत गाएर सुनाएका थिए।

चर्चित संगीतकार टंक बुढाथोकीसँगै स्टुडियोमा आईपुगेका बाल गायक दर्जीले आफ्नो स्वरबाट प्रधानमन्त्री केपी शर्मा ओलीपनि प्रशन्न भएको कुरा पत्रकार धमलालाई सुनाउन भ्याए । उनले भने,”प्रधानमन्त्रीज्यूसँग पनि मेरो भेट भयो । उहाँले मेरो स्वर भगवानले नै दिएको गिफ्ट हो भन्नुभयो । म खुशी छु ।”

२०७५ साउन २१ गते २२:२४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी