न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको प्रतियोगीहरुको तालिम आरम्भ

इनेप्लिज २०७५ साउन २२ गते १:१३ मा प्रकाशित

विजय थापा ,न्यु योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ का लागि प्रतियोगीहरुको तालिम आरम्भ भएको जानकारी आयोजकले दिएका छन । मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम २० प्रतियोगीहरुको छनौट गरिएको थियो ।

यस पटक प्रतियोगितामा प्रतियोगीहरुको सहभागिता ज्यादा भन्दा ज्यादा भएकोले छनौट प्रकृयामा अन्तिम २० जना प्रतियोगीहरुलाई समाबेश गराइएको हो ।

प्रतियोगीहरु अगस्त ५ तारिख भित्र न्यू योर्क आउने पूर्व जानकारी अनुसार प्रतियोगीहरु आई पुगेका र आज अगस्त ६ तारिख देखि तालिममा सबै प्रतियोगीहरुले सहभागिता जनाएका छन् ।

मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यू योर्क स्थित चर्चित मेलरोज बलरुममा अगस्त ११ तारिखमा सम्पन्न हुनेछ ।

मिस नेपाल नर्थ अमेरिकाको अन्तिम २० प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको छ । उक्त अन्तिम छनौट प्रतियोगितामा पुग्ने अन्तिम अन्तिम २० प्रतियोगीहरुमा क्यालिफोर्नियाकि आकृती शाह,क्यानडा मिसीसौगा कि अनुशा अधिकारी ,मिचिगनकि भविष्य लामा ,अलाबामा कि दिलाशा कोइराला ,इन्डियाना कि ज्योति गुरुङ ,टेक्सस कि करुणा अधिकारी ,पेनसेल्भेनिया कि माया अधिकारी ,न्यु योर्क कि मोनिका घले,भर्जिनिया कि पूजा थापा ,टोरोन्टो क्यानडा कि प्रतिमा उपाध्याय, न्यू योर्क कि रिदिका प्रधान, टेक्ससकि संयुक्त पुरी म्यारिल्याण्डकि सनम थापा ,मासाचुसेट्सकि श्रद्धा केसी ,,भर्जिनियाकि सिम्रन चुडाल,मिनेसोटाकि स्मृति लामिछाने, क्यालिफोर्निया कि सृजना राई , न्यू योर्क कि सृजना राना ,भ्यानकुवर बृटिश कोलम्बियाबाट सुजाता लामा तथा मासा चुसेट्स बाट स्वेता लामा रहेकी छिन् ।

आज अगस्त ६ तारिख देखि अगस्त १० सम्म हुने सन् २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम गराउने छिन् भने सदिक्षा अमेरिका आई पुगेकी छिन् ।

यसै मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिने छिन् । यसै गरि प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ पनि न्यु योर्क मै भएकोले अझ सरल हुने भएको छ ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम गर्ने छ । यसको साथै मिस ट्यालेन्ट, मिस पपुलर (जनता को मतद्वारा ), मिस डिसीप्लेन, मिस पर्सोनालिटी तथा मिस क्याटवाक समेत उपाधि प्रदान गरिने छ ।

आयोजक समूहमा अन्तर्गत निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक सभापति रहेका छन् ।

प्रतिक्रिया