आँचलले आफुहरुको उमेरको कुरा गर्दा चित्त बुझेन आकाशलाई

इनेप्लिज २०७५ साउन २२ गते २३:४९ मा प्रकाशित
इटहरी/ नेपालि चलचित्र ‘ब्ल्याक’ आउदो भाद्र १ गते बाट देशभर रिलिज हुने तयारि भए संगै प्रचारप्रसारलाइ तिब्रता दिदै कलाकार तथा फिल्म निर्माता लगायत चलचित्र ‘ब्ल्याक’ टिम देशव्यापी प्रचारप्रसारमा लागि परिरहेको छ । प्रदर्शन मिति नजिकिए संगै आज चलचित्र ‘ब्ल्याक’ टिमले पूर्वको सुन्दर सहर इटहरीमा पत्रकार सम्मेलन गरेको छ । चलचित्रका मुख्य कलाकारद्वय नायक आकाश श्रेष्ठका साथै नायिका आचल शर्मा संगै फिल्मकी निर्माता आस्मा पाण्डे र निर्देशक प्रदिप श्रेष्ठको पनि उपस्थिति थियो । हेर्नुस् आकाश र आंचल संग गरिएको रमाईलो कुराकानी ।
पत्रकार सम्मेलनमा फिल्मकि मुख्य नायिका आचल शर्माले फिल्मको कथाबस्तु लाइ प्रस्ट्याउदै भनिन ‘अध्यारोलाई कसरी उज्यालोतर्फ लैजाने भन्ने कुरालाई चलचित्रमा समाबेश गरिएको छ’ । फिल्मको बारेमा जानकारी दिदै निर्देशक प्रदीप श्रेष्ठले भने ‘शुद्ध प्रेम कथामा आधारित रहेर निर्माण गरिएको भएपनि सन्देशमूलक चलचित्र रहेको साथै जन्म, मृत्यु र रङ्ग सँग सम्बन्धित कुराहरुलाई प्राथमिकतामा राखी इन्टरटेनमेन्टलाई पनि समेटेर चलचित्र निर्माण गरिएको उनको भनाई थियो ।
आश्मा पाण्डेको निर्माण रहेको चलचित्र ब्ल्याक झन्डै दुई करोड पचास लाखको लागतमा निर्माण भएको छ भने उक्त चलचित्र काठमाडौँ, मुस्ताङ, स्याङ्जा, सिन्धुलीगढी, रारा लगायतका ठाउँहरुमा ७२ दिन लगाएर सुटिङ गरिएको थियो ।

प्रतिक्रिया