सन्तान नहुनेलाई प्राकृतिक चिकित्साबाट सन्तान दिने माता त्रिपुरासुन्दरी, विरामीको निशुल्क उपचार गर्ने [हेर्नुहोस भिडियो सहित]

इनेप्लिज २०७५ साउन २३ गते २:०८ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : त्रिपुरा सुन्दरीमाताको रुपमा परिचित माताकोमा विभिन्न मानिसहरु उपचार गराउन आउने गर्छन। उनले आफ्ना भक्तजनहरुलाई निशुल्क उपचार गर्ने गर्दछिन। त्रिपुरा माताले भक्तपुरको सुर्यविनायकमा त्रिपुरा सुन्दरी अध्यात्मिक शक्ति केन्द्रको खोलेकी छिन। यस केन्द्र खोल्नुको उद्दश्य शारीरिक रुपमा उपचार गर्न मात्र नभई मन अथवा मानसिक समस्याबाट समेत् छुट्कारा दिलाउनु हो। उनले केन्द्रमा साधना गराउनु देखि अध्यात्मिक ज्ञान पनि दिने गर्दछिन।

त्रिपुरा सुन्दरी माता पहिला सामान्य चेली थिइन्। उनी रामेछापको पुजारीको सन्तान हुन्। उनले सानै देखि त्रिपुरा सुन्दरीको श्लोक पढ्ने पुजा गर्ने गर्थिन। उनी पछि धर्म कर्म गर्दै सामाजिक अभियानमा पनि लाग्दा-लाग्दै उनीमा पछि अलौकिक शक्ति ज्ञान प्राप्त गरी उनीमा त्रिपुरा सुन्दरी माता २०६० सालमा प्रवेश भएको उनले बताईन।

उनले अध्यात्मिक देखि प्राकृतिक तरिकाबाट पनि उपचार गर्ने गर्दछिन। सन्तान नहुने व्यक्तिलाई समेत प्राकृतिक चिकित्साबाट कति आमा बन्न सफल भएको समेत माताको भनाई छ। माताले जोखाना हेराउने, हात हेराउने भन्दा अध्यात्मिक ज्ञानको माध्यमबाट उपचार गराउने गरेको बताउछिन्। उनी भन्छिन,”अध्यात्मिक ज्ञान सबैले लिनु जरुरी छ। सबैभन्दा ठुलो मनमा शान्ति र आनन्द हुन जरुरी छ। यस ज्ञान, योग र साधना गर्नाले मानिसहरुमा रोगमुक्त हुन्छन। योगले संसार परिवर्तन गर्न सकिन्छ।”

बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया