भूकम्पमा दुवै खुट्टा गुमाएर पनि स्विमिङ्ग देखि नृत्य समेत् गरेर चर्चित बनेका बहुप्रतीभाशाली रमेश भन्छन,’दुखसँग जुधेर धेरै कुरा सिक्नुपर्छ’ [हेर्नुहोस भिडियो]+++

इनेप्लिज २०७५ साउन २३ गते २:१५ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : २०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरा र अन्य विशाल भवनसँगै ढल्दासमेत जीवित रहेकाको कथा देख्दा लाग्छ तिनीहरु भाग्यले गर्दा नै बाँचे। त्यही भूकम्पमा परेर भाग्यले बाच्न सफल व्यक्ति मध्य एक हुन् रमेश खत्री। रमेश खत्रीले भूकम्पमा आफ्नो दुवै खुट्टा गुमाएर ह्विलचेयरको सहारा लिनपरिरहेको छ । तर उनी शारीरिकरुपमा अशक्त भएतापनि उनीमा धेरै अत्भुत कला छ। उनी सबैका लागि प्रेरणाका स्रोत बनेका छन्।

दैखेलबाट काठमाडौंमा अवसरको खोजीका लागि रमेश खत्री काठमाडौं हानिएका थिए । दैखेलबाट काठमाडौंसम्म साथ दिएका उनका दुई खुट्टाले २०७२ वैशाख १२ गतेपछि भने साथ दिन छोडे । गरिबीका कारण पढाइ छोडेर सानै उमेरदेखि गेस्ट हाउसमा काम गर्न बाध्यतामा परेका रमेश खत्री भूकम्पमा परेर अपाङ्ग हुनु पर्यो । १० कक्षामा अध्धयनरत रमेश अहिले २० वर्षको भए।

२०७२ सालको बैशाख १२ गते, मध्यान्हको १२ बज्नै लागेको समयमा उनी बालाजुस्थित आठ तले गेष्ट हाउसमा थिए। जुन उनको लागि कहालीलाग्दो दिन थियो। उनको त्यो दिन ४ बजे घर जाने योजना थियो। त्यसैले उनी सपिङ्ग गर्न रत्नपार्कमा गएका थिए । गाउकै साथीसँग मिलेर आफ्नै खुट्टाको साहारामा काठमाडौंको रत्नपार्कमा उनले सपिङ्ग गरी गेस्ट हाउस फर्किए । उनी जब खाना खान लागेका थिए त्यति बेला नै भूकम्प गयो। उनी त्यस दिन सम्झिदै भन्छन,’‘म खाना खाँदै थिए त्यति नै बेला भुकम्प गयो, मलाई सब सपना जस्तो लागिरहेको थियो, पछि होस् आएपछि म कराउन थाले। जब मानिसहरु मलाई बचाउन आए मलाई म बाच्छु भन्ने पुरा आश थियो।”

उनी अहिले काठमाडौंको जोरपाटीमा रहेको सामाजिक संस्था ‘बिआइए फाउण्डेसन’को साहारामा छन् । रमेश सुत्ने कोठामा उनले पाएका थुप्रै बिधाका मेडल र अवार्डहरु सजाएर राखिएको छ। गोरखा भुकम्पपछि उनले जीवनमा धेरै थोक गुमाए तर केही प्राप्त पनि गरेका छन् ।

भुकम्पपछि रमेशले आफ्नो २ खुट्टा गुमाए तर उनीमा यति आत्मबल छ जुन आम मानिसको लागि अकल्पनीय छ। उनिहरुभित्रको अद्भुत कलाले सबैलाई चकित बनाउँछ। उनिहरुभित्रको अद्भुत कलाले सबैलाइ दंग बनाउँछ। उनले धेरै सम्मान पाएका छन्। उनी ह्विल चियर रेसमा भाग लिने, बास्केटबल खल्ने, डान्स गर्ने देखि स्वीमिङ्ग समेत गर्ने गर्छन।

पौडी खेलेरै पनि उनले भुकम्पले दिएको जीवनमा धेरै उपाधी जितेका छन्। आज रमेशललाई धेरैले चिन्दछन। उनी आम मानिसका लागि प्रेरणा बनेका छन्। उनले केहि दिन टेलिभिजनको शो ‘बुगी उगी’मा समेत् आफ्नो आकर्षक प्रस्तुती दिएका थिए जसका कारण उनी चर्चामा झनै चुलिएका छन्। उनी आफु अशक्त भए पनि अझ राम्रो केहि गर्ने सोचमा छन्। उनले भने,’जिन्दगीमा सुख र दुख हुने नै गर्छ, दुखसँग जुधेर धेरै कुरा सिक्नुपर्दछ तर हिम्मत कहिल्यै हार्न हुदैन। मानिसमा केहि न केहि गर्छु भन्ने भावना हुनु पर्छ।’

प्रतिक्रिया