मंगलबार, साउन २९ २०७५ | Tue, August 14, 2018
नेपालको समय: २१:२६ | Washington DC: 11:41

बरिष्ठ अभिनेता निर शाहलाई कोलोराडोमा अभिनन्दन गरिने

नातिबाबु भट्ट
अगष्ट ८, २०१८
कोलोराडो, अमेरीका

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा बरिष्ठ अभिनेता निर शाहलाई कोलोराडोमा अभिनन्दन गरिने भएको छ ।

श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्रगत अगष्ट २५ तारिकका दिन कोलोराडो स्थित म्याकरेक सेन्टर वेष्टमिनिष्टरमा बरिष्ठ अभिनेता निर शाहलाई अभिनन्दन गर्न लागिएको हो ।

०२४ सालमा हिरासिंह खत्रीद्धारा निर्देशित चलचित्र परिबर्तनबाट अभिनययात्रा शुरु गरेका निर शाहले हाल सम्म ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरि सकेका छन् । शाह बरिष्ठ अभिनेता, प्रशिद्ध गीतकार, कवी, चलचित्र लेखक, निर्देशक, संगीत नाट्य बिभागका पूर्व प्राज्ञ, नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महा प्रबन्धक समेत हुन् । यस्ता बहु प्रतिभाशाली ब्यक्ती अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको निमन्त्रणलाई स्विकार्दै कोलोराडो आउन लागेका हुन् ।

अभिनन्दन समारोहमा शाहको प्रवचन, तथा अभिनय प्रदर्शन कार्यक्रम रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेलले बताएका छन् । यस विशेष अवसरमा आना लेख, रचना लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणलाई ढु¨ेलले अनुरोध गरेका छन् ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हदै आएको छ ।

२०७५ साउन २४ गते १०:४० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी