फरिन्द्र सेतीमा हाम्फाले कै हुन् ? डेढ महिनाको छोरो छोडेर किन हराए ? यस्तो छ घटनाको बास्तबिकता (भिडियो)

इनेप्लिज २०७५ साउन २४ गते ११:१० मा प्रकाशित
१२ दिन अघिदेखी बेपत्ता रहेका व्यवसायी फरिन्द्र ढुंगानाको कुनै पत्तो लाउन सकेको छैन । उनको खोजीको लागी बिभिन्न संघसंस्थाहरु खुलेरै लागेका छन् । पोखरादेखी तनहुँको देबघाट सम्मको खोजी सकिएको छ तर उनी फेला परेका छैनन् । फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीका आजिवन सदस्य समेत रहेका र इभा ट्रेडर्स न्यूरोडका संचालक रहेका ढुंगाना गत १२ गते राती ८ बजे पछि सम्पर्क बिहिन भएका थिए । उनी चढेकोे स्कुटर पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि भेटिएको थियो  । स्कुटरसंगै उनले श्रीमती र आफन्तहरुलाई सम्बोधन गरेर लेखेको पत्र समेत भेटियो ।
घरमा एक छोरी र भर्खर जन्मिएको डेढ महिनाको छोरो छ । यति सानो छोरालाई समेत चटक्कै माया मारेर ढुंगाना किन बेपत्ता भए यो भने सोचनीय बिषय बनेको छ । उनले लेखेर छोडेको नोटमा चर्को मिटर ब्याजमा पैसा  लिएको, ४०, ६०, ८० प्रतिशत सम्म ब्याजमा पैसा लिएकाले तिर्न नसकेकोले बाध्य भएर यो निर्णय दिन पुगेको बताएका छन् । उनका परिवारका अनुसार त्यती धेरै पैसा कहाँ खर्च गरेको छ भन्ने नै कसैलाई थाहा नभएको बताए । उनले अरुबाट पैसा लिए चर्को व्याजमा त्यती मात्र होईन पुर्खौली सम्पतीपनि बैंक र सहकारीमा राखेर ऋण लिएको बुझिएको छ । पुर्खौैली सम्पती बैंकमा रहको समेत उनका अन्य ३ दाजुभाईलाई थाहा थिएन । उनकी श्रीमती अर्धचेत अवस्थामा छिन् । उनलाई समेत श्रीमान्ले कति पैसा कहाबाट कसरी ल्याएका थिए, कहाँ खर्च गरेका थिए भने बारे केही थाहा थिएन  ।

प्रतिक्रिया