चितवनको कालिकामा नेतृत्व विकास तालिम शुरु

इनेप्लिज २०७५ साउन २४ गते २१:२९ मा प्रकाशित

खोलेसिमल, चितवन ।
२४ श्रावण ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ३ पदमपुरमा आजबाट उद्घोषण, वक्तृत्वकला, आधारभूत पत्रकारिता र संघ संस्था संचालन सम्बन्धी नगर स्तरीय ५ दिने आधारभूत तालिम शुरु भएको छ । नगरका ११ वटै वडाका दलित, उत्पीडित समुदायका ३० जनाको सहभागीता रहेको कार्यक्रम नगर कार्यपालिका सदस्य एवम् कार्यक्रम संयोजक सुन बहादुर वि.क.को अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख कमला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजाल, वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, वडा नं. ७ का वडा अध्यक्ष डिल्लीराम दवाडी, कार्यपालिका सदस्य रामलाल कुमाल, कार्यपालिका सदस्य शुशिला सुनार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी कालिका वडा नं. ६ मा पनि नेतृत्व विकास क्षमता अभिवृद्धि तथा उद्घोषण सम्बन्धी ५ दिने तालिम शुरु भएको छ । नगरपालिकाका महिला जनप्रतिनिधि र अगुवा महिलाहरु सहित ४५ जनाको सहभागीता रहेको कार्यक्रम कार्यपालिका सदस्य एवम् कार्यक्रम संयोजक दुर्गा सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया