चितवनमा कोरियन कम्पनीको प्यानल उत्पादन शुरु, १२ लाखमा ४ कोठे आधुनिक घर बन्ने

इनेप्लिज २०७५ साउन २४ गते २१:३४ मा प्रकाशित

शिशिर सिंखडा
रत्ननगर, चितवन, २४ श्रावण ।
चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगर १४ पिठुवामा रहेको कम्पनीबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ ।
शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी ,सस्तो , छिटोछरितो , ६० बर्ष टिकाउ हुने जनाइएको छ । ७२ करोड रुपैयँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले जानकारी दिए ।

कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मी क्षेत्रका लागि बरदान हुने जनाइएको छ । सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ । यो प्रविधिले चितवन लगायत तराइबासीलाई गर्मीबाट बच्न ठुलो सहयोग गर्नेछ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासका लागि पनि बरदाननै साबित हुने छ । १२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुईतिर र बिचमा पोलिटाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ ।

४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको छ । दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनिले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको उनले जनाए । अबको ३ बर्ष्भित्र हरेक नेपालीको घरमा पुग्ने योजना रहेको कम्पनीका निर्देशक छे दोङ इलले जानकारी दिए ।

नेपाली ग्राहकको गच्छे अनुसार १० देखि १२ लाख रुपैयाँमा किचेन ट्वाइलेटसहितको ४ कोठे भवन निर्माण गर्न सकिने कम्पनीले जनाएको छ । यो प्यानलले आवाशीय भवनहरुका साथै सरकारी भवन, बिद्यालय, अस्पताल, ह्याचरी, हाइड्रोपावर, एयरपोर्ट, रंगशाला, जीम हल, सैनिक प्रहरी क्याम्प,कारखाना,होटेल,रिसोर्ट,डिपार्टमेन्ट स्टोर,पार्टी प्यालेस निर्माण गर्न सकिने महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले जानकारी दिए ।

दक्षिण कोरियामा आफूले ४ वर्षसम्म सिकेको र काम गरेको सीपले आफ्नै देशमा काम गर्न पाउदा खुशी लागेको कम्पनीका सुपरभाइजर दुर्गा भुसालले बताए ।

प्रतिक्रिया