मंगलबार, साउन २९ २०७५ | Tue, August 14, 2018
नेपालको समय: २१:२८ | Washington DC: 11:43

यी चर्चित अभिनेता पनि राजनीतिमा प्रवेश, गठन गरेर नयाँ दल

मुम्बइ, २५ साउन । भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गरेका छन् ।

आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले २ सय फिल्ममा काम गरेका छन् । उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ ।

फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ वर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उनले पार्टीमार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएका छन् ।

हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ ।

यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ । सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्नेछन् ।

हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरू उत्पादन, निर्देशन र गीत गाउने गर्छन् । एएफपी

२०७५ साउन २५ गते ११:२४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी