कुराकानीमा यस्तो भन्छन :- नायक आकाश श्रेष्ठ र नायिका आचल शर्मा

इनेप्लिज २०७५ साउन २५ गते २१:२९ मा प्रकाशित

नेपालि चलचित्र ‘ब्ल्याक’ आउदो भाद्र १ गते बाट देशभर रिलिज हुने तयारि भए संगै प्रचारप्रसारलाइ तिब्रता दिदै कलाकार तथा फिल्म निर्माता लगायत चलचित्र ‘ब्ल्याक’ टिम देशव्यापी प्रचारप्रसारमा लागि परिरहेको छ । प्रदर्शन मिति नजिकिए संगै आज चलचित्र ‘ब्ल्याक’ टिमले पोखरामा पत्रकार सम्मेलन गरेको छ । चलचित्रका मुख्य कलाकारद्वय नायक आकाश श्रेष्ठका साथै नायिका आचल शर्मा संगै फिल्मकी निर्माता आस्मा पाण्डे र निर्देशक प्रदिप श्रेष्ठको पनि उपस्थिति थियो ।

जेठ ११ बाट दर्शकमाझ आउँदै गरेको चलचित्र निर्माण चरणको अनुभव सुनाउँदै निर्देशक प्रदिप श्रेष्ठ भन्छन्, ‘फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढि त प्रविधिसँग जुध्नुपर्यो, चलचित्रमा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लाग्यो ।’ उनका अनुसार चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा जाँदै गर्दा पनि नेपाली चलचित्रको स्तर यहाँसम्म पुग्यो भन्ने परिचय दिनेगरी बीना कुनै कन्जुस्याइँ भिएफएक्समा लगानी र समय खर्चिएको छ ।

जुनजुन कुरा पछिल्लो समय विदेशि फिल्महरुमा हामी देख्दै आएका छौँ, छायाँकनलाई असम्भव तर पर्दामा प्राकृतिक देखिने दृश्य नेपाली चलचित्रमा पनि प्रयोग गर्न र देखाउन सकिन्छ भनेरै केहि नविनतम प्रयोगलाई उच्च प्राथमिकतामा साथ ‘ब्ल्याक’मा जोड्न लागेका हौँ, श्रेष्ठले भने, ‘भिएफएक्सकै कारण छायाँकनदेखि पोष्ट प्रोडक्सनसम्मको समय लम्बियो फिल्मको आधाजस्तो बजेटको हिस्सा यसले मात्रै रिजर्भ गरेको छ ।’ समिर मियाले गरेको भिएफएक्समा दर्शकले प्राकृतिक लाग्ने सौन्दर्य देख्न पाउने श्रेष्ठको दाबी छ ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायाँकन रामशरण उप्रेतीले गरेका छन् । आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रमा आकाश श्रेष्ठ आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् ।

द्वन्द्व चन्द्र पन्तको रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् । भिएफएक्समा समिरसँग श्रीकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् ।

हेर्नुस् आकाश र आंचल संग गरिएको रमाईलो कुराकानी ।

प्रतिक्रिया