न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको तयारी पुरा ,अगस्त ११ मेलरोज बलरुममा हुने

इनेप्लिज २०७५ साउन २५ गते २२:४४ मा प्रकाशित

विजय थापा ,विश्व कै सम्राट राज्य न्यु योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को तयारी पुरा भएको छ । प्रतियोगीहरु तालिममा व्यस्त रहेका छन् भने भोलिको लागि प्रतियोगीहरु पूर्ण तयारीमा रहेका छन् ।

छनौट प्रकृयामा अन्तिम २० जना प्रतियोगीहरुलाई समाबेश गराइएको छ भने तालिम अगस्त ६ तारिख देखि तालिममा सबै प्रतियोगीहरुले सहभागिता जनाएका छन् ।

कार्यक्रम न्यू योर्कको क्विन्स स्थित मेलरोज बलरुममा अगस्त ११ तारिखमा सम्पन्न हुनेछ । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम २० प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको छ ।

सन् २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम गराई रहेकी छिन् भने मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेम पनि प्रतियोगीहरुलाई तालिम दिई रहेकी छिन् । कार्यक्रम प्रस्तोता प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ पनि न्युयोर्क आई पुगेकी छन् भने उनि पनि कुनै कसर नछोड्ने योजनामा रहेको छिन् ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम गर्दै छन् । टिकट दर $ ३० देखि $ १०० डलर रहेको छ । कार्यक्रम ठिक ७ बजे सुरु भै १० बजे समाप्त हुने छ । साथै ११ बजे देखि रात्री भोज साथै डिजे समेतको व्यवस्था गरिएको छ । कार्यक्रममा हेमन्त राना, बर्तिका यम राई तथा बिक्की गुरुङको प्रस्तुति रहेने छ ।

टिकट तथा अन्य बिस्तृत जानकारीको लागि मिस नेपाल नर्थ अमेरिकाको संजाल (आधिकारिक वेब साइट ) हेर्नु होला ।

https://www.missnepalna.com/tickets

MELROSE BALLROOM
36-08 33rd St,
QUEENS, NY 11106

प्रतिक्रिया