पाच जना केटासंग प्रेम गर्ने ‘मन्जुषा’, यस्तो छ सबुको भनाई (भिडियो सहित)

इनेप्लिज २०७५ साउन २६ गते १३:५४ मा प्रकाशित
ईटहरी/ नेपालि साहित्य विधा अन्य क्षेत्र भन्दा फराकिलो मानिन्छ किनकि साहित्य भित्र पनि भिन्न-भिन्न पाटाहरु पाइन्छन । साहित्य भित्रकै एउटा पाटो हो उपन्यास । यस्तै नेपालि साहित्यलाइ अझ माथि उठाउँन योगदान दिदै उपन्यास लेख्ने साहित्यकार हुन् सबु सुबेदी । नेपालि कथानक चलचित्र चलेछ बतास सुस्तरी लाइ निर्देशन समेत गरेकी सबुले नेपालि चलचित्र तथा अन्य धेरै स्क्रिप्ट समेत लेखेकी छिन । निकै लामो समयको मेहनत पश्चात आफुले सम्पूर्ण पाठक माझ आफ्नो पहिलो उपन्यास मन्जुषालाइ लोकार्पण गरेकी छिन । हेर्नुस मन्जुषा लेखिका संग गरिएको भिडियो कुराकानी ।
सामान्यतया हाम्रो नेपालि समाजमा युबतिहरुले आफ्नो प्रेम सम्बन्धलाई सार्बजनिक नगरेकै राम्रो मानिन्छ । उपन्यासकार सुबेदीले आफ्नो उपन्यासमा मन्जुषा पात्रलाई सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्दै मन्जुषा तयार पारिकी छिन । सामान्य परिवारमा हुर्किएकी मन्जुषाले लगातार पाच जनालाई प्रेम गर्छिन त्यो प्रेम किन र कसरी हुन्छ त्यो भने उपन्यास पढेपछि पाठक बर्गलाई छर्लंग हुने साथै पाठकहरुले पनि बिस्तारै मन्जुषालाइ प्रेम गर्ने कुरामा सुबेदी निर्धक्क छिन ।
प्रेम मानबिय जिबनको अभिन्न बिषय हो साथै मानिस प्रेममा टुटिसकेपछि कसरि अगाडिको जिन्दगि बिताउने भन्ने मुख्य प्रेरणा मन्जुषाले दिने कुरा उपन्यासकी लेखिका सबु सुबेदी बताउछिन । प्रेमको बिषयबस्तु माथि लेखिएको मन्जुषा कम्तिमा पाच वटा फिल्म बन्ने गरि लेखिएको सुबेदी बताउछिन ।

प्रतिक्रिया