‘यस्तो होस् मरण मेरो’ भन्दै छन् बाजुराका ध्रुव बिक, पहिलो गीत रेकर्ड गराउँदै

इनेप्लिज २०७५ साउन २७ गते १३:५९ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : पछिल्लो समयमा सामाजिक संजालमा भईरहेका ध्रुव विकले आफ्नो पहिलो गीतको रेकर्डिङ्ग सकेका छन । उनको गीतको बोल ‘यस्तो हो मरण मेरो’ रहेको छ जुन निकै भावुक खालको छ। उनी पहिलो गीत रेकर्ड गराउन पाउँदा  निकै खुशी छन्।

११ वर्षको कलिलो उमेरमा आफु अध्ययन गर्ने विद्यालयको एक कार्यक्रममा गाउँदै गरेको भिडियो भाइरल भएपछि ध्रुव बिकको निकै खोजी भैरहेको थियो। उनको प्रतिभाको कदर गर्दै र उनको प्रतिभा सबै माझ प्रस्तुत गराउन पिएनपिखबरडटकमको टिम ध्रुबको घर बाजुराको मार्तडी बजार पुगेको थियो।

उनी हाल काठमाडौँको तिरुपाती बोर्डिंग स्कुलको होस्टेलमा बसेर नै पढ्ने भएकाले सामाजिक संजालमा निकै कम देखिएका छन्। ध्रुव अहिले आफ्नो पढाईलाई प्राथमिकता दिदै छन्। अहिले उनी पढाईका साथ्-साथै उनको गायक बन्ने सपना पनि पुरा हुने भयो।

प्रतिक्रिया