२०७२ को भुकम्पमा परिवार छोडेर २२ दिन अरुको सेवामा लागेका यी समाज सेवी भन्छन,’आँखा देख्न नसक्ने व्यक्तिहरुलाई अस्पताल लगेर आँखा देख्न सक्ने बनाए’

इनेप्लिज २०७५ साउन २८ गते ११:२७ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : समाज सेवी भन्ने वित्तिकै कुनै पनि राष्ट्रको समाज तथा समुदायमा निस्वार्थ रुपमा सेवा गर्नुलाई बुझिने गरिन्छ । समाज सेवा भन्दा पुण्य काम विश्वमा केहि छैन भनेर हाम्रो धार्मिक मान्यता र धर्मले सेवाको बिभिन्न ब्याख्या गरेको छ । यस्तै निस्वार्थ भावनाले अरुको सेवा गर्ने व्यक्ति हुन् शिवराम आर्याल। शिवराम आर्याल एक समाज सेवी हुन्। उनी आफ्नो रहरले समाजसेवामा लागेका हुन्। ३५ वर्ष देखि निरन्तर समाज सेवामा लागिरहेका शिवराम स्काउट काठमाडौँ जिल्लाका समुनय आयुक्त पनि हुन्। उनले काठमाडौँ देखि अति नै दुर्गम क्षेत्रमा गएर आफ्नो अमुल्य योगदान पुर्याएका छन्।

उनले विगतका दिनहरुमा अतुलनीय कामहरु गरेका छन्। नेपालका कयौ विकट क्षेत्रमा गएर पिछडिएका परिवारहरुको उद्दार गरेका छन्। उनको स्काउटको समूहले २०६९ सालमा पहिलो चोटी तिलेगंगाको सहकार्यमा अतिनै ग्रामिण बस्तीमा गएर मोती विन्दुको अप्रेशन गर्न सफल भएको उनी बताउँछन। त्यो स्काउट कै इतिहासमा पहिलोपटकको मिसन थियो। उनले अहिलेसम्म ग्रामिण भेगमा गई डेढ सय मोती बिन्दुको अप्रेशनको कार्यक्रम गरिसकेका छन्।कर्णाली, मुगुमा गरिबीका कारण त्यहाँका बालक-बालिकाहरु आधारभूत आबश्यकता बन्चित थिए। तर शिवको समुहले २०६० सालमा त्यहाँका स्कुल-स्कुलमा पुगेर छात्रा, छात्रहरुको लागि कापी-कलमहरु वितरण गरेका थिए। उनीहरुले त्यस समय देखि धेरै वर्षसम्म स्टेशनरी सामान देखि न्यानो कपडा समेत् वितरण गरेको उनले बाताए।

उनी काठमाडौँ मै जन्मिए हुर्किए पनि उनले त्यस्ता विकट क्षेत्रमा गएर बिभिन्न कार्यक्रम आयोजना गरि त्यहाँका बासिन्दाहरुको सेवा गरे। उनी भन्छन,”यहाँ जति पनि दुख पाए पनि भोकै मर्दैन तर विकट क्षेत्रमा बाच्नको लागि दुख छ। त्यसकारण उतै सेवा गर्नु जरुरी छ। घरमा आखाँ देख्न नसक्ने भएर बसेका व्यक्तिले मोती बिन्दुको अप्रेशन पछि पाएको खुशी, बालकहरुले कापी-किताब, न्यायो कपडा पाउँदाको खुशी देख्दाको सन्तुष्टी काठमाडौँमा काम गर्दा त्यस्तो मज्जा आउदैन।”

उनी यस क्षेत्रमा लाग्दा परिवारको पनि ठुलो मद्दत रहेको छ। भूकम्पमा पनि उनले धेरै सहयोग गरेका थिए। उनले भूकम्पमा परिवारको साथमा बस्नु पर्ने बेलामा उनी घर छोडेर २१ दिन रसुवा र नुवाकोटमा भूकम्प प्रभावित ठाउँमा गएर टेन्ट बनाउने देखि खाद्यान्न समेत् प्रदान गरी उद्दार कार्यमा जुटेको उनले बताए। अहिले समाजसेवा गर्ने युवाहरु निकै कम रहेको र विना पैसा संघसंस्थाहरुले काम गरेको कमै देखिने उनले बताए। उनले आफ्नो लागि मात्र नबाचौ, वर्षको २/४ दिन अरुको लागि पनि देउ त्यसले आफुलाई पनि ठुलो सन्तुष्टी मिल्ने गर्छ भनेर युवा समुदायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया